सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दोश्रो वर्ष पुरा गरी तेश्रो वर्षमा प्रवेश

0
204
Ad_Article_Top
Share

बीरगंज, ६ असोज
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज आफ्नो दोस्रो बार्षिकउत्सवको अवसरमा बीरगंजको मानवसेवा आश्रममा आश्रितहरुलाई फलफुल तथा खाजा खुवाएको छ । बि.सं २०७४ असोज ६ गते सामाजिक सेवा दिवसका दिनबाट कारोवार प्रारम्भ गरेको कम्पनी लिमिटेडले आफ्नो कार्यकालको दोश्रो वर्ष पुरा गरी तेश्रो वर्षमा प्रवेश गरेको छ ।

यस अवधिमा कम्पनीले पूर्व मेची देखि पश्चिम महाकाली सम्म कार्यालयहरुको स्थापना गरी देशको प्राय सबै जिल्लाहरुमा अभिकर्ता तालिम र बीमालेख बिक्री तथा बीमा जनजागरण कार्यक्रम माध्यमबाट कारोबार विस्तार गर्न सफल भएको छ ।

तेस्रो बार्षिकउत्सब तथा समाजिक सेवा दिवसकै अवसरमा बिरगंज शाखाका शाखा प्रबन्धक श्रीराम प्रसादको सभापतित्वमा खाजा खुवाउने कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीले हालसम्म सहयोग गर्ने सम्पुर्ण बीमा समिति, अभिकर्ता, कर्मचारी, ग्राहक तथा शेयरधनी हरुमा कृतज्ञता प्रकट गर्दै आगामी दिनहरुमा अझ बढी सुलभ, सरल र आधुनिक सेवा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here