बीरगंजको मुख्य सडक बिस्तार रोक्न जम्बो टोलीको डेलिगेशन , कानुनभन्दा माथि कोही छैन – महासेठ, ऐतिहाँसिकशहर बचाइदिनुस– सहभागि

2
3522
Ad_Article_Top
Share

बीरगंज ८ असोज
त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको दामेचौर हँदै बीरगंजको शंकराचार्य सम्मको मुख्य सडकको केन्द्रभागबाट दायाँबायाँ दुबैतर्फ २५ मिटरका दरले सडक चौंडा गर्ने सुचना जारी भएपछि मुख्य सडकमा घर भएकाहरु आत्तिएका छन भने तत्काल समस्या समाधानको लागिपहल गर्न भौतिक पुर्बाधार तथा यातायात ब्यबस्थामन्त्री रघुबीर महासेठ समक्ष राजनीतिक दल, संबिधान सभाका सदस्यहरु, बीरगंजउद्योग बाणिज्य संघका अध्यक्षगोपाल केडिया, पुर्ब अध्यक्षप्रदिप केडिया, बीरगंजबचाउ ंसंघर्ष समितीका पदाधीकरीहरु, राजनीतिकदलका नेताहरुको डेलिगेशन टोलीले आग्रह गरेको छ । टोलीमा सहभागिहरुले बैकल्पिक मार्गहुदाहुँदै त्यसको अध्ययन गरि बिकल्पखोज्न समेत माग गरेको छ । टोलीमा सहभागिहरु बीरगंजउद्योगा बाणिज्य संघका अध्यक्षगोपाल केडियाले सडक बिभागको सुचनाले बीरंजको मुख्य सडकमा घर भएकाहरु निकै आतंंकितभएको बताउँदै समानखरिद गर्नको लागिउधारो दिन समेत बन्दभएकोले अबिलम्ब समस्या समाधन गरि ब्यापारीको हितमालाग्न समेत आग्रहगनुभयो । उहाँले कात्तिकमहिनाको १७गतेदेखि मुख्य सडकको घर टहरा हटाउन सुचना जारी भएकाले त्यसको निकास खोज्न समेत माग गर्नुभयो । अर्का टोलीका सहभागि बीरगंंज उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष प्रदिपकुमार केडियाले बिकासको नाममा बिनास गरेर कसैको हित नहुने तर्क पेश गर्नुभयो । उहाँले अनेकौं बिकल्पहरु हुँदाहँदै बजारलाई कुरुप बनाउनखोज्न कसैको पनि हितमा नभएको समेत बताउनुभयो ।


टोलीमा सहभागि नेपाल कम्युनिष्ट पाटीर्का नेताहरु नागेन्द्र चौधरी, रामचन्द्र साह,जुनेद अन्सारी,प्रभुहजरा, चिरञ्जीबि आचार्य, मनोज चौधरी, नवराजशर्मा र मनोज चौधरीको भने मिश्रित प्रतिक्रिया रह्ेकोथियो । सहभागि मनोज चौधरी भने कानुन भन्दामाथि कोही नभएको हुनाले जितपुर सिमरा, परवानीपुर, गण्डकमा जुन मापदण्डले सडक चौंडा अभियानचल्यो त्यसको बिपरित जाँदा त्यसभेगका नागरिक प्रति अन्याय हुने भएकाले ठाउँ हेरेर मापदण्ड निर्माण गर्न नहुने बताउनुभयो । टोलीमा सहभागिप्रतिनिधी सभाका सदस्य लक्ष्मण लाल कर्णले बीरगंज बाट आएको टोलीको हितमाकाम गर्न आग्रह गर्नुभएको थियो भने संबिधान सभाका सदस्य राजकुमार गुप्ताले कम भन्दा कमक्षतीमा बढी भन्दा बढी बिकासको प्रतिफल प्राप्त गर्नेगरि सरकारले अभियान चलाउनुपर्ने धारणा राख्नुभएको थियो । उहाँले बिरगंजको बिकास पनीहोस, ज्यादा मार पनि सर्वसाधारण नागरिकलाई नहोस भनेर माननीयमन्त्रीले निर्णयले गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

टोलीमा सहभागि नेपाल कन्युनिष्ट पार्टीका अध्यक्ष प्रभुहजराले बिकासको लागिबिनास होकि होइनभन्ने कुराको बिश्वास दिलाएर क्षतीपुर्ति दिएर सबैलाई स्वीकार्य हुने निर्णय गर्न आवश्यक रहेको बताउनुभयो । साृे अवसरमा नेपाली कांग्रेसका नेताअजयकमार द्धिबेदीले इतिहाँसलाई बिर्सन नहुने र पुरानो शहरको संरक्षण गरि बैकल्पिकमार्गको प्रयोग गर्न आवश्यक रह्को धारणा राख्नुभएको् थियो । सो अवसरमा नेपालीकांग्रेसका नेता रामनारायण प्रसाद कुर्मीले पिपरा लगायतको स्थानकाबासिन्दाहरु २५ मिटर चौंडाहुँदा सयौं परिवार सुकुम्वासि हुने भएकाले उनीहरुको हितको लागि निर्णयमा पुनरावलोकन गर्न आग्रह गर्नुभयो । सो अवसरमा बीरगंजबचाउ संघर्ष समितीका संयोजक पुरेन्द्र किशोर लाभले बिकल्पको प्रयोग गरि बीरगंज बचाउनआग्रह गर्नुभयो । सहभागिहरुको प्रतिक्रिया सुनेपछि माननीयमन्त्री रघुबिर महासेठले बीरगंजबासिको पीडाबारे आफु बिज्ञ रहेको बताउनुहुँदै निर्धक्कसंग दशैं तिहार र छठ मनाउनआग्रह गर्नुहुँदै कात्तिकमहिनाभित्रकति मिटर चौडा गर्ने भन्ने निक्र्यौल दिने बताउनुभयो । उहाँले कानुनभन्दामाथि कोहीनभएको बताउनुभयो । मन्त्रीमहासेठले आफैं बीरगंजआएर स्थलगतनिरिक्षण गरि निर्णय गर्ने र त्यस अवधी सम्मको लागि घन्टाघरदेखि छपकैयासम्म सडक चौंडा अभियान शुरु नहुने समेत बताउनुभयो । मन्त्रीमहासेठले समस्याका् आंकलन गरि उपयुक्त निकास खोजिने समेत बतउनुहुँदै बीरगंजको बिकासमा बर्तमान सरकारले ठुलो बजेट बिनियोजन गरेको समेत स्पष्ट गर्नुभयो ।


टोलीमा नारायणजी रौनियार, जबाहर प्रसाद गुप्ता, राधेश्याम गुप्ता, सन्नीगुप्ता, बीरगंज बचाउ संघर्ष समितीका सदस्याहरु, राजनीतिकदलका नेताहरुको पनि सहभागिता रहेको भएपनी बीरगंजमहानगरपालिकाको नगर प्रमुख बिजयकुमार सरावगी, सांसदहरु प्रदिप यादब, बिमल प्रसाद श्रीवास्तब लगायतको उपस्थिति भने थिएन ।

Ad_Article_Bottom

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here