१३ औँ साग तयारीका लागि १५ उपसमिति गठन

0
19
Ad_Article_Top
Share

  

काठमाण्डौ – ६ महिनापछि पहिलो पटक बसेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को तयारी समितिको बैठकले तयारीलाई तीव्रता दिन उपसमितिलाई पूर्णता दिएको छ ।

साग तयारी समितिको बैठक गएको वैशाख २६ गते यता बस्न सकेको थिएन । गएको भदौ २६ गतेको मन्त्रिपरिषद् बैठकले साग कार्यविधि पारित गरेपछि बिहीबार बसेको तयारी समितिको बैठकले कार्यविधिमा उल्लेख भएअनुसारका उपसमितिमा संयोजकसहित सदस्यहरुलाई पूर्णता दिएको हो ।

सागका लागि प्रधानमन्त्रीको संयोजकत्वमा ११ सदस्यीय निर्देशन समिति, खेलकुद मन्त्रीको संयोजकत्वमा २५ सदस्यीय तयारी समिति र सदस्यसचिवको संयोजकत्वमा ५ सदस्यीय कार्यकारी समिति यसअघि नै तय भैसककेको छ ।

तयारी समिति अन्तर्गतका १५ उपसमितिले बिहीबार पूर्णता पाएसँगै सागको तयारीले पनि तीव्रता लिने अपेक्षा गरिएको छ ।

यसअघि कार्यविधिकै कारणले तयारीलाई अन्तिम रुप दिन अन्यौलता भएको थियो । तर कार्यविधि पारित भएपछि पनि तयारी समितिको बैठक बस्न भने १५ दिन लागेको छ । सागका लागि ६६ दिनको समय बाँकी रहँदासम्म पूर्वाधार, प्रशासनिक र राष्ट्रिय टिम तयारी कुनैले पनि पूर्णता पाउन सकेको छैन । त्यसैले आम मानिसमा सागबारे आन्योल यथावत छ । 

सागका लागि तयारी समिति मातहत रहनेगरी गठन भएका १५ उपसमितिहरु यसप्रकार छन्–

१. राष्ट्रिय टिम तयारी समिति
२. खेलस्थल व्यवस्थापन समिति
३. प्राविधिक समिति
४. स्रोत साधन परिचालन समिति
५. सुरक्षा समिति
६. आवास व्यवस्थापन समिति
७. यातायात व्यवस्थापन समिति
८. स्वास्थ्य समिति
९. प्रचार, प्रसार तथा प्रकाशन समिति
१०. समारोह समिति
११. स्वयंसेवक परिचालन समिति
१२ अनुगमन, निरीक्षण तथा मूल्यांकन समिति
१३ अतिथि सत्कार समिति
१४ खेलसामग्री, उपकरण तथा पोशाक व्यवस्थापन समिति
१५ एन्टि डोपिङ्ग समिति

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here