अमेरिका तर्फ हुने तयारी पोसाक निर्यातमा उल्लेख्य वृद्धि

0
29
Ad_Article_Top
Share

सन् २००४ को अगष्टमा सत्तरी लाख १९ हजार अमेरिकी डलर बराबर मूल्यको १४ हजार ८ सय ५४ केजी तयारी पोसाक निर्यात भएकोमा गत अगष्टमा १ लाख ३४ हजार ७ सय ४९ अमेरिकी डलर मूल्य बराबरको पोसाक अमेरिका निर्यात भएको नेपाल गार्मेन्ट उद्योग संघ (गान) ले जनाएको छ । निर्यात चार वर्षअघिकोे सोही अवधिको तुलनामा ८१ प्रतिशतले घटेको हो । 

गएको चार वर्षमा नेपालबाट तयारी पोसाकको अमेरिका निर्यातमा ८४ प्रतिशतले गिरावट आएको छ । संघका अनुसार सन् २००४ मा ८ करोड ५७ लाख १६ हजार छ सय ६८ अमेरिकी डलर मूल्य बराबरको तयारी पोसाक नेपालबाट अमेरिका निर्यात भएकोमा सन् २००८ मा यो १ करोड ३६ लाख ९ हजार अमेरिकी डलरमा झरेको छ । 

त्यसपछि तयारी पोसाकको निर्यातमा अघिल्ला वर्षहरुको तुलनामा क्रमशः ४१, ६ र ४८ प्रतिशतले कमी आएको थियो । सन्् २००४ पछिका तीन वर्षसम्ममा पनि तयारी पोसाकको निर्यात बढ्न नसकेकोमा सन् २००८ को पहिलो महिना जनवरीमा भने केही सुधार आएको थियो । उक्त महिना तयारी पोसाकको निर्यात अघिल्लो वर्षको सोही महिनाको २५ लाख ९७ हजार ७ सय ४८ अमेरिकी डलरकोे तुलनामा २ प्रतिशतले वृद्धि भई २६ लाख ५० हजार ७ सय ४७ डलर पुगेको थियो  ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here