संविधानको बिरोध गर्नेहरुलाई राजीनामा दिएर सडकमा आउन पुर्वमन्त्रि निषादको चुनौती

0
57
Ad_Article_Top
Share

बीरगंज, १० असोज
मधेश समता पार्टीका पुर्व राष्ट्रिय अध्यक्ष एवम् नेकपा का नेता मेघराज निषाद ले कुनै पनि राजनिति दलहरुले दोहोरो चरित्र देखाउनु गलत भएको बताउनुभयो । आवाज एफ एम ८८ मेगाहर्जको कार्यक्रम समय सन्दर्भमा कुरा कानी गर्दै पुर्वमन्त्रि समेत रहनुभएका निषाद ले संविधान मानिसकेपछि सोही संविधानको समर्थन गर्नुका सट्टा बिरोध गर्नुको कुनै अर्थ नभएको बताउनुभयो।

राजपाले संविधान दिवसको बिरोध गरेको प्रसंगमा उहाँले दोहोरो राजनितिक चरित्र देखाउनु अस्पष्ट भएको तर्क गर्दै संविधान सभा सदस्य समेत रहनुभएका उहाँले आफ्नो स्वास्थ्य ले साथ नदिएको कारण तथा नेकपाको सिद्धान्त तथा प्रधानमन्त्रि केपि शर्मा ओलिबाट प्रभावित भएर नेकपामा गएको स्पष्ट पार्नुभयो ।

आफु पनि सर्वहारा बर्ग बाट प्रतिनिधित्व गरेको हुँदा कम्युनिष्ट बिचार धाराबाट प्रभावित भएको बताउनुभयो । अन्य राजनितिक दलका नेताहरुको बिचार धारा स्थिर नभएको हुँदा क्षणमै समर्थन तथा क्षणमै बिरोध गर्नु गलत भएको धारणा व्यक्त गर्नुभयो । संविधानको बिरोध गर्नेहरुलाई राजीनामा दिएर सडकमा आइ आन्दोलन गर्नुपर्ने बताउनुभयो । शहिदको सपनालाई साकार पार्नुका सट्टा उल्टै शहिदको रगतमा राजनिति गरीरहेको आरोप उहाँले लगाउनुभयो ।

बीरगंजको मुख्य सडकलाई चौडा बनाउने बिषय अत्यन्तै विवादस्पद बिषय भएको बताउँदै यसले गर्दा भविष्यमा द्वन्द्व निम्तीन सक्ने संकेत गर्नुभयो । बीरगंजको अवस्थामा ट्राफिक व्यवस्थापन ठुलो चुनौतिको रुपमा देखा परेको बताउनुभयो ।

हेटौडादेखि आधा बीरगंज टुटीसकेको अवस्थामा आधा बीरगंज नतोडीनुले भोलि कुनै खतरा नआउला भन्न सकिदैन उहाले भन्नुभयो । फरक प्रसंगमा उहाँले प्रदेश न. २ को राजधानी बीरगंज हुनुपर्ने अडान लिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here