स्थानिय तहमा भ्रष्टाचार झन बढेको तरुण दल बाराका अध्यक्ष सिँहको आरोप

0
290
Ad_Article_Top
Share

वीरगंज, ११ असोज
नेपालि कांग्रेसको भातृसंगठन नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश सिँहले प्रदेश न. २ मा भ्रष्टाचार बढी हुने गरेको बताउनुभएको छ ।

प्रदेश न. २ का धनुषा, महोत्तरी, सप्तरी, सर्लाही, रौतहटका साथै बारा पर्सामा पनि जनप्रतिनिधिहरु भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउनुभो । आवाज एफ एम ८८ मेगाहर्जको कार्यक्रम स्थानिय तहका गतिबिधिमा कुराकानीको क्रममा अध्यक्ष सिँहले बारामा स्थानिय तहका जनप्रतिनिधिहरुले सदरमुकाममा निजि सम्पर्क कार्यालय बनाएर बस्ने गरेको बताउनुभयो । भ्रष्टाचारदेखि कोही पनि अछुन रहन नसकेको तर्क गर्दै उहाँले इमानदारीका साथ सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।

हरेक स्थानिय तहमा आफ्ना आसेपासे तथा नातेदारलाई उपभोक्ता समितीमा राखेर गुणस्तरहिन कार्य गरिरहेको जिकिर गर्नुभयो ।

साथै उहाँले स्थानिय तहमा ६० प्रतिशत राम्रा काम भइरहेको बताउँदै ४० प्रतिशत अनियमितता तथा भ्रष्टाचारलाई निर्मुल पार्न सबै ऐक्यबद्ध हुनुपर्ने आवशयक्ता औल्याउनुभयो ।

देशमा बढीरहेको हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधहरुको नियन्त्रणमा राज्यका चौथो अंग पत्रकारीताको ठुलो भुमिका हुने भएकोले सबै पत्रकारहरुले इमान्दारीतापुर्वक आफ्नो जिम्मेवारी बहन गर्न तथा त्यस किसिमका भ्रष्टाचारको भण्डारफोर गर्न समेत अपिल गर्नुभयो । केही पत्रकार पत्रकारीतालाई बदनाम गर्ने सलबलाएको बताउँदै निष्पक्ष तथा निडर रुपमा जनताहरुसँग सरोकार राख्ने बिषयबस्तुको बारेमा कलम चलाउन आग्रह गर्नुभयो ।

नजिकीदै गरेको हिन्दु धर्मावलम्बीहरुको महान पर्व दसै, तिहार तथा छठ पर्वको शुभकामना दिँदै अध्यक्ष सिँहले चााडपर्वमा बिशेष गरी छोरी चेलिहरुलाई स्वतन्त्र रुपमा हिड्न पाउने गरी सुरक्षा व्यवस्था बढाउनुपर्ने बिचार व्यक्त गर्नुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here