विश्वकै कान्छो सरकार प्रमुख फेरि पदमा फर्किने संकेत

0
144
Ad_Article_Top
Share :

meropathsala.com

भियना । विश्वकै कान्छो सरकार प्रमुखका  रुपमा यसअघि  चर्चित  अष्ट्रियाका ३३ वर्षीया युवा सेबास्टीयन कुर्ज नेतृत्वको कन्जरभेटिभ पिपुल्स पार्टीले फेरि पनि सरकार चलाउन पाउने सम्भावना बढेको छ । आइतबार भएको आम चुनावका क्रममा उनको पार्टीले ३८ प्रतिशत मत प्राप्त गरेको छ ।  यसअघि सो पार्टीको ३१ प्रतिशत मत थियो । उनी डिसेम्बर २०१७ देखि मे २०१९ सम्म विश्वकै सबैभन्दा कान्छो सरकार प्रमुखका रुपमा अष्ट्रियाको चान्सलर भएका थिए ।

तर, त्यतिबेला गठबन्धनसँगको विवादका कारण उनी सरकारबाट बाहिरिएका थिए । अहिले पनि उनको पार्टीको एकल बहुमत नरहेकोले फेरि पनि गठबन्धन गर्नुपर्ने अवस्था भने विद्यमान छ । तर, उनको पार्टीले पहिलाको तुलनामा मत प्रतिशत बढाएको पाइएकोले उनको कार्यकाललाई जनताले मन पराएकै रुपमा धेरैले टिप्पणी गरेका छन् । 

अहिलेको गठबन्धन मिलाउन उनलाई केही हप्ता सम्म लाग्न सक्ने अनुमान गरिएको छ । एक जना शिक्षकका छोरा उनी १६ वर्षको उमेरमा नै राजनीतिमा लागेका थिए । उनी कानुनको विद्यार्थी हुन् । राजनीतिमा प्रवेश गर्नासाथै उनी पार्टीको युवा फाँटको अध्यक्ष भएका थिए ।  उनी विद्यार्थी फाँट छोडेर सन् २०११मा कनिष्ठ आन्तरिक मन्त्री हुनुका साथै त्यसपछि विदेशमन्त्रीपनि भएका थिए । त्यतिबेला उनी २७ वर्षका मात्रै थिए ।

त्यसपछि पार्टीको अध्यक्ष हुँदै चान्सलर समेत भए । उनको पहिलाको गठबन्धन साझेदार फार राइट फ्रिडम पार्टीले हिजोको चुनावमा १७ दशमलब ३ प्रतिशत मत पाएको छ  ।  बाँकी मत विभिन्न साना दलले पाएका छन् । मतदान हिजो बिहान ७ बजेदेखि बेलुका ५ बजे सम्म भएको थियो ।  (बीबीसी तथा एजेन्सी)

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here