बागेश्वरी बाट गाँजा सहित दुई जना पक्राउ

0
213
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,असोज १३
पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ६ बागेश्वरी तित्रौनाबाट लागु औषध गाँजा सहित दुई जनालाई प्रहरीले गए राती पक्राउ गरेको छ। इलाका प्रहरी कर्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक दीपक चोरवारको नेतृत्वमा खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा दुई जनालाई ५ किलो लागु औषध गाँजा र ना.२९प ५८२५ नम्बरको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको पोखरीया नगरपालिका,८ जगतीया बस्ने विकास साह र बिन्दबास्नी गाउँपालिका,३झौवा बस्ने धनन्जय साह रहेको प्रहरीले जनाएको छ ।पक्राउ गरिएको मोटरसाईकल र लागु औषध गाँजा सहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here