१२ लाख नगदसहित २ हुण्डी कारोवारी पक्राउ

0
790
Ad_Article_Top
Share

वीरगञ्ज, असोज १४
पर्सा प्रहरीले अबैध हुण्डी कारोवारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का ४५ बर्षिय आवास अलि र सोही स्थानका २२ बर्षिय अस्तक आलम रहेको जिल्ला प्रंहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरी प्रबक्ता अनन्तराम शर्माका अनुसार वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलिले सोमबार राती साढे आठ बजे चेकजाँचका क्रममा बीरगंज महानगरपालिका वडा नम्बर ४ स्थित नारायणी अस्पताल अगाडिको सडकबाट उनिहरुलाई पक्राउ गरेको हो ।

२२ बर्षिय आलम आलम चालक रहेको ना.४९ प ६८२४ नम्बरको मोटरसाईकलमा सवार उनिहरुमाथी चेकजाँच साथबाट १२ लाख ४ हजार ५ सय नेपाली रुपैया फेला परेको र उक्त रकमको श्रोत खुलाउन नसकेपछी नियन्त्रणमा लिईएको शर्माले बताए ।

हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनिहरु अबैध हुण्डी कारोबारमा संलग्न रहेको प्रहरीको प्रारम्भिरक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भैरहेको जिल्लाका प्रहरी प्रबक्ता शर्माले जानकारी दिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here