१३ औं विश्व रेविज दिवसको अवसरमा बिश्रामपुर गाँउपालिकामा रेविज बिरुद्ध अभिायन शुरु

0
144
Ad_Article_Top
Share

वीरगंज , असोज १४
बिश्रामपुर गाँउपालिकाका पशु शाखा प्रमुख गुलाव मेहताले रेविज रोग कुकुरको टोकाईबाट नभई अन्य पशुको रयालबाट रेविज रोग सर्ने गरेको बताउनुभएको छ । आवाज एफ.एम ८८ मेगाहर्जको कार्यक्रम बिश्रामपुरको बिकाश अभियान कार्यक्रममा बोल्दै प्रमुख मेहताले रेविज रोग लाईसा भाइरसबाट लाग्ने रोग भएकोले कुकुरको टोकाईबाट बच्न आग्रह गर्नुभयो ।

उहाँले बिशेषगरी भुस्याहा कुकुरबाट रेविज रोग लाग्ने भएकोले गाँउघरमा भएका भुस्याहा कुकुरलाई रेविज बिरुद्धको खोप लगाउन अनुरोध गर्नुभयो । नेपालमा बर्षेनी करिव दुई सय रेबिज रोगबाट मृत्यु हुने गरेको बताउदै यसबाट सर्तक रहन आग्रह गर्नुभयो ।

प्रमुख मेहताले १३ औं विश्व रेविज दिवसको अवसरमा बिश्रामपुर गाँउपालिकाको सम्पुर्ण वडाहरुमा एसोशियन अफ भेटेनरी प्राक्टीसिनर पर्साको सहयोगमा रेविज बिरुद्धको खोप अभियान चलाइएको बताउनुभयो । उहाँले अहिले सम्म ५० वटा भुस्याहा कुकुरलाई खोप लगाइएको जानकारी दिनुभयो ।

रेविज लागेको कुकुरको व्यवहारमा परिर्वतन आउने र बौलाउने लगायतको लक्षण देखाउने भएकोले त्यसता कुकुरबाट सर्तक रहन पशु प्रमुख मेहताले बताउनुभयो । पशु प्रमुख मेहताले गाँउपालिकामा कृतिम गर्भधारण, गोबर परिक्षण लगायतको सेवा प्रदान गरिरहेको बताउनुभयो । उहाँले पशुसेवा शाखा मार्फत गाँउपालिकामा दैनिक २० वटा भन्दा बढी पशुहरु उपचार गरिएको बताउनुभयो ।

उहाँले पशुपालक गाँउपालिकाका सम्पुर्ण कृषकहरुलाई कुनै समस्या भए कार्यालय आउन आग्रह गनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here