आवाज एफ एमका स्टेशन म्यानेजर सुरेश विडारी पुरस्कृत

0
100
Ad_Article_Top
Share

१४ असोज

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाल सरकारले आफ्ना नागरिकको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रता कुन्ठित नगर्नेमा अमेरिकी सरकार विश्वस्त रहेको बताएका छन् ।

मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा राजदूत बेरीले पत्रकारहरुले आफ्नो कलममार्फत् भ्रष्टाचार सार्वजनिक गर्ने र मानवअधिकारका विषयहरुमा ’रिपोर्टिङ’ गर्नेलगायतका महत्वपूर्ण कामहरुलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सातओटै प्रदेशबाट खोज पत्रकारिता गर्ने सातजना पत्रकारलाई जनही ७० हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गरियो ।

यस्तै, उनीहरुमध्येबाट एकजनालाई भने दुई लाख रुपैयाँ राशीको उत्कृष्ट पुरस्कार प्रदान गरिएको छ ।

पुरस्कृत हुनेहरुमा प्रदेश नम्बर–१ बाट पूर्वीहटलाइन दैनिकका उपसम्पादक राजन केडी, प्रदेश नम्बर–२ बाट अनलाइनखबर डटकमका वीरगन्ज संवाददाता सुरेश विडारी, प्रदेश नम्बर–३ बाट नागरिक दैनिकका चितवन संवाददाता सविता श्रेष्ठ, गन्डकी प्रदेशबाट समाधान दैनिकका कार्यकारी सम्पादक भरत कोइराला, प्रदेश नम्बर–५ बाट अन्नपूर्णपोष्ट् दैनिकका उपसम्पादक शंकरप्रसाद खनाल, कर्णाली प्रदेशबाट कान्तिपुर दैनिकका चाँदनी कठायत र सुदूरपश्चिम प्रदेशबाट कान्तिपुरकै निर्मला खडायत रहेका छन् ।

उत्कृष्ट पुरस्कार भने नागरिक दैनिककी चितवन संवाददाता सविता श्रेष्ठले प्राप्त गरिन् ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here