हरिखेतान क्याम्पसको आयोजनामा नया विद्यार्थिलाई स्वागत

0
37
Ad_Article_Top
Share

वीरगञ्ज, असोज १५
हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत विद्यार्थिहरुले आज कक्षा ११ मा बाणिज्य संकायमा भर्ना भएका विद्यार्थिहरुलाई स्वागत गरेका छन् ।

वीरगञ्जको होटल भिसुवामा आज एक कार्यक्रमका बिच नया भर्ना भएका छात्रछात्राहरुलाई स्वागत गरिएको हो । हरि खेतान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डाक्टर भगवान प्रसाद यादवले कार्यक्रमलाई समापन गर्दै शिक्षा क्षेत्रमा अहिले पनि हरिखेतान क्याम्पसको नाम उचाइमा रहेको बताउनुभयो ।

क्याम्पसले आफ्नो शिक्षा प्रती कुनै किसिमको कमीकमजोरी हुन नदिने दृढता पनि उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा शिक्षक हरि प्रसाद कुर्मी, लालुु यादब लगायत अन्य शिक्षकहरुको उपस्थित रहेको थियो । कार्यक्रममा छात्रछात्राहरुले विभिन्न सांस्कृतिक प्रस्तुती समेत गरेका थिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here