ढुक्क भएर बस्नुस कुनैपनि हालतमा गढीमाई पञ्चबर्षिय मेलामा बली रोकिदैन – अध्यक्ष साह

0
1524
Ad_Article_Top
Share

वीरगंज, असोज १४ राकेश साह
गढीमाई मन्दिर संचाल्न तथा बिकाश समितीका अध्यक्ष रामचन्द्र साहले राजनितिक चलखेलको कारण गढीमाईको शोभा यात्रा सोचे जस्तो नभएको बताउनुभएको छ । उहाँले जिल्ला प्रशासन कार्यालय बारामा भएको सम्झौता नगरपालिकाले नमान्दा समास्या भएको बताउनुभयो । अध्यक्ष साहले गढीमाई पंचबर्षिय मेलालाई एतिहासिक बनाउन समिती लागि परेको बताउनुभयो । उहाँले नेपालको गौरवको रुपमा रहेको मेलालाई नगरपालिकाका मेयरले वडामा मात्र सिमित गर्न खोजेको आरोप लगाउनुभयो । अध्यक्ष साहले सम्मानित अदालतले आफुहरुलाई नै अधिकार दिएकोले आफुहरुले नै मेला लगाउने दावि गर्नुभयो । उहाँले मेयरले अनावश्यक रुपमा विवाद सृजना गर्न मेला समिती गठन गरेको भन्दै त्यसलाई खारेज नगरे सम्म आफुहरु कुनै पनि गतिविधिमा सहभागि नहुने बताउनुभयो । उहाँले गढीमाई मन्दिर संचाल्न तथा बिकाश समितीले डेढ बिगहा जग्गा खरिद गरि बली दिने स्थान निर्माण गरिएको र ६ कठा जग्गा खरिद गरि बिवाह मण्डप निर्माण गर्न लागिएको बताउनुभयो ।साहले गढीमाई मन्दिर परिसरमा रहेको सामुदायिक बिद्यालयलाई अन्यन्त्र सार्न ७० लाख लागतमा जग्गा खरिद गरिएको बताउनुभयो । उहाँले गढीमाई मन्दिरमा कुनै पनि हालतमा बली नरोकिने बताउनुभयो । उहाँले देशी बिदेशी शक्तिहरु बली रोक्न चलखेल गरेपनि त्यो सफल नभएको बताउनुभयो । उहाँले मेलालाई भव्य र व्यवस्थित बनाउन निशुल्क भोजन, बास तथा चर्पीको व्यवस्था गर्न लागिएको बताउनुभयो । उहाँले केन्द्र सरकारले गढीमाई मन्दिरलाई बिभेद गरेको बताउनुभयो । उहाँले गढीमाई मन्दिरको बिकाश गर्न प्रदेश सरकार संग बिशेष सहयोग माँग गरिएको बताउनुभयो । उहाँले गढीमाई मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गर्न लागि परेको बताउनुभयो । उहाँले समिती गठन भएपछि जग्गाको मुल्य निर्धारण गरिने बताउनुभयो । उहाँले मेलालाई सफल बनाउन आसपासका गाँउका स्थानियहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले देश बिदेशबाट आउने भक्तजनहरुलाई आ आफनो ठाउँबाट सहयोग गरि गढीमाई मेलाको प्रतिष्ठा जोगाईदिन अनुरोध गर्नुभयो । उहाँले मेलालाई भव्य र एतिहासिक बनाउन स्थानिय जनप्रतिनिधि र जनतालाई सहयोग गर्न आग्रह गर्नुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here