वडा नम्बर ३ लाई बाराकै नमुना वडा बनाउने गरी काम भईरहेको अध्यक्ष यादवको दावी

0
156
Ad_Article_Top
Share

वीरगंज, असोज १६
बिश्रामपुर गाँउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शिवचन्द्र यादवले आफनो वडामा सडक, नाला निर्माण र धारा जडानको कार्य भईरहेको बताउनुभएको छ । आवाज एफ.एम ८८ मेगाहर्जको कार्यक्रम । बिश्रामपुरको बिकाश अभियान कार्यक्रममा बोल्दै वडा अध्यक्ष यादवले वडालाई शिक्षित बनाउन शिक्षामा बिशेष जोड दिएको बताउनुभयो । उहाँले वेराजागरी समस्या समाधान गर्न वडा भरिनै वृक्षा रोपन गरि स्याहार गर्ने जिम्मा वेरोजगार महिलालाई दिएको बताउनुभयो । उहाँले स्वास्थ्य चौकीलाई सुबिधा सम्पन्न बनाइएको बताउदै नेपाल सरकारबाट प्रदान सवै सेवा सुबिधा दिइरहेको बताउनुभयो । उहाँले स्थानियको समस्या समाधानको लागि आफु दिनरात खटिरहेको बताउनुभयो । वडा अध्यक्ष यादवले बाढी पिडितहरुलाई आफनो व्यक्तिगत तलबबाट सहयोग गरेको बताउनुभयो । उहाँले निशुल्क लोकसेवा आयोग तयारी कक्षा संचाल्नको लागि बजेट बिनयोजन गरिएको बताउनुभयो । उहाँले वडा नम्बर ३ लाई बारा जिल्लाकै नमुना वडा बनाउन काम भइरहेको अध्यक्ष यादवले बताउनुभयो । उहाँले सामुदायिक बिद्यालयको शिक्षाको गुणस्तरमा वृद्धि गर्न नियमित अनुगमन गरिएको बताउनुभयो । उहाँले स्थानियको काम सहज गर्न बिहान सात बजे देखि नै कार्यालय खोलिएको बताउनुभयो।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here