वीरगञ्ज हेल्थ केयर हस्पिटलमा ३ जटिल रोगको उपचारमा १ लाखसम्मको छुट

0
113
प्रेस मिटमा अस्पतालको सेवा बारे जानकारी गराउँदै अस्पतालका अध्यक्ष डा अबुलहैस अन्सारी
Ad_Article_Top
Share

१७ असोज, वीरगञ्ज
वीरगञ्ज हेल्थ केयर अस्पतालमा तीन वटा जटिल रोगको उपचारमा १ लाखसम्म छुट पाईने भएको छ । स्वास्थ्य मन्त्रालय मार्फत सञ्चालित विपन्न नागरिक औषधी उपचार कार्यक्रममा सूचीकृत हुन सफल भएपछि अस्पतालले सेवा दिन थालेको हो ।
अस्पतालले शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै अस्पतालको सेवा सुविधा र विपन्न नागरिक उपचार सेवाबारे जानकारी गराएको छ ।
स्वास्थ्य मन्त्रालयका शर्त अनुसार अस्पतालले विपन्न नागरिकका लागि मुटु रोगका लागि शहि गंगालाल हृदय रोग केन्द्र बासबारी काठमाण्डु, हेड र स्पाईनल इन्जुरी रोगका लागि राष्ट्रिय ट्रमा सेन्टर, महावौद्ध काठमाण्डुले लिने शुल्क भन्दा नबढनेगरी शुल्क लिएको हुनुपर्ने, अस्पतालमा उपलब्ध सेवाहरुमा शुल्क लिन नपाउने, सेवा प्रवाह गरेको ईकाई खुल्नेगरी विरामीको नागरिकता नम्बर सहितको विवरण कम्युटर प्रणालीमा दुरुस्त राख्नुपर्ने छ । वडा वा पालिकाबाट विपन्न नागरिक सिफारिस लिएर आएका विरामीलाई अस्पतालले वर्षमा एक पटक यो सेवा प्रवाह गर्नेछ ।

विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका २०७५ बमोजिम मुटु रोग, एक्सीडेन्टल स्पाईनल तथा हेड ईन्जुरी रोगका विरामीहरुको उपचारमा १ लाख लाखसम्म छुट दिन सकिने अस्पतालका अध्यक्ष डाक्टर अबुल हैस अन्सारीले जानकारी दिए । ‘ प्रदेश नं २ मा पहिलोपटक वीरगञ्ज हेल्थ केयर निर्देशिकाको मापदण्ड पुरा गरेर कार्यक्रममा सूचिकृत हुन सफल भएको छ । प्रदेशका विरामीका लागि यो अवसर हो ।’ उनले भने ‘ मुटुमा एउटा जाली हाल्न १ लाख ७० हजारसम्म खर्च लाग्छ, गंगालाल र ट्रमा सेन्टरकै दरमा वीरगञ्जमा उपचार हुँदा खर्च र समय दुवैको बचत हुन्छ ।’
कार्यक्रममा सूचीकृत भईसकेपछि अस्पतालले १० वटा स्पाईनल सर्जरी र मुटु सम्बन्धि १ सय भन्दा बढी विरामीलाई सेवा दिईसकेको जानकारी उनले दिए ।
बरिष्ठ न्युरो रोग विशेषज्ञ डाक्टर फिरोज अफजलको नेतृत्वमा अस्पतालले २४ अ‍ै घण्टा न्युरो सम्बन्धि उपचार सेवा दिँदै आएको छ । अस्पतलामा डायलायसिस, क्याथ ल्याब, गाईनो लगायत अन्य उपचार सेवा पनि उपलब्ध छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी जयमोद ठाकुरले ९ थरीको दिर्घरोगको उपचारमा सरकारले आर्थिक सहयोग गरेकोमा ३ वटा वीरगञ्ज हेल्थ केयरमा ल्याउन सफल भएको बताए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here