कार्तिक ७ गते पोखरीयामा हुने शुभकामना समारोह सफल बनाउन नेकपा नेता गुप्ताको निर्देशन

0
165
Ad_Article_Top
Share

वीरगंज,असोज २२
संबिधान सभाका सदस्य तथा नेकपाका नेता राजकुमार गुप्ताले आफ्नो निर्बाचन क्षेत्रका बिभिन्न गाउँको स्थलगत निरिक्षण गर्नु भै राजनीतिक अवस्थाको बारेमा जानकारी लिनुभएको छ । उहाँले दशैंको अवसरमा स्थानिय नेता तथा कार्यकर्ताहरु भेटघाट गर्नुको साथै बिन्दवासिनीको झौवागुठीमा आयोजित कार्यक्रममा समेत सहभागि भै ग्रामिण जनताको समस्याको बारेमा स्थानीयबासिको गुनासो सुन्नुभएको थियो । उहाँले गाउँको समग्र्र बिकासको लागि हदै सम्मको प्रयास बर्तमान सरकारले गरिरहेका बताउनु हुँदै ईतिहाँसकै सबैभन्दा समर्थन प्राप्त सरकारले मधेशी जनतको बिकासको लागि काम गरिहरेका समेत बताउनुभयो । नेता गुप्ताले आगामी कात्तिक महिनाको ७ गते पोखरिायामा आयोजना हुने शुभकामना समारोहमा सबै नेता ताथ कार्यकर्ता र स्थानीय जनताको सहभागिता गराउन समेत कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको थियो । सो अवसरमा नेकपाका नेताहरु लक्ष्मण चौरसिया, गौरीशंकर साह, हनिफ अन्सारी, गम्भिरा साह, तेजप्रकाश निसाद, संजय चौहान लागयतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here