झौवागुठीमा राखिएको दुर्गा भवानीको मुर्ति तिलावेमा बिसर्जन

0
223
Ad_Article_Top
Share


वीरगंज,असोज २२
पर्साको बिन्दवासनी गाँउपालिका वडा नम्बर ३ झौवागुठीमा राखिएको दुर्गा भवानीको मुर्ति आज बिसर्जन गरिएको छ । घटस्थापना देखि पुजा पाठ गरिदै आएको मुर्तिको आज तिलावे नदीमा बिर्जन गरिएको छ । गाँउपालिका अध्यक्ष श्रीलाल साह कानुको सहयोग र दुर्गापुजा सेवा समिती झौवागुठीको आयोजनामा पुजा सम्पन्न भएको हो । नवरात्री भरी भजन किर्तन गरी पुजापाठ गरिएको थियो । बिर्जन कार्यक्रममा गाँउपालिका अध्यक्ष श्रीलाल साह कानु, दसरथ साह कानु, अनुज साह कानु,पुजा समितीका पदाधिकारी र स्थानियहरुको सहभागिता रहेको थियो । अध्यक्ष कानुले गाँउपालिकामा सुख शान्ति र समृद्धिको कामनाको लागि पुजापाठ गरिएको बताउनुभयो । गाँजाबाजा सहित निकालिएको जुलुस गाँउ परिक्रमा गरी तिलावे नदीमा बिर्सजन गरिएको थियो ।

त्यसैगरी पर्साका बिभिन्न स्थानमा राखिएको दुर्गा भवानीको मुर्ती आज तिलावे नदीमा बिसर्जन गरिएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here