कबही गोठमा कुस्ती दंगल सम्पन्न

0
338
Ad_Article_Top
Share :
meropathsala.com

कलैया, असोज २२
बाराको सुवर्ण गाउँपालिका वडा नम्बर (२ कबही गोठमा आज कुस्ती दंगल सम्पन्न भएको छ ।नेपाल तथा भारतको नामि पहलवानको उपस्थितिमा उक्त दंगल भएको छ ।सुवर्ण गाउँपालिका प्रमुख महेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको उक्त दंगलको प्रमुख अतिथि बारा क्षेत्र नम्बर (२ का प्रतिनिधि सभा सदस्य एवम् संघिय समाजवादी पार्टीका केन्द्रीय महासचिव रामसहाय प्रसाद यादव रहनुभएको थियो ।अतिथिहरुमा प्रदेश नम्बर (२ का प्रदेश सभासदस्य बच्चा राउत अहिर ,पुर्व जिविस सभापति प्रयाग राय यादव ,समाजसेवी राजदेव यादव ,यूवा नेता अशोककुमार यादव ,सतेन्द्र यादव , प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो ।हरियाणा ,बनारस ,गोरखपुर ,यु.पी.,नवलपरासी ,पर्सा ,बारा लगायतका ठाउँका नामि पहलवानको उपस्थिति रहेको थियो ।गुडु पहलवान ,शैलेश तिवारी ,संदेश यादव ,दिनेश पहलवान ,बच्चन पहलवान शिवानन्द पहलवान लगायत दर्जनभन्दा बढी पहलवानले लडाइँ गरेका मेला कमिटीले जानकारी दिएका छन् ।हजारौंको संख्यामा दर्शकको उपस्थितिले दंगलप्रति उत्साह बढदै गएको दंगल हेर्न पुगेका रमेश यादवले बताए ।प्रमुख अतिथि रामसहाय प्रसाद यादवले कुस्तीले यस क्षेत्रको रौनकता बढाएको र जिल्लामा अलग पहिचान बनाएको बताउनुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here