वीरगंजको सडक फराकिलो नगर्न रकमी चलखेल

0
124
Ad_Article_Top
Share

वीरगंज, असोज २५
आगामी कात्तिक महिनादेखि त्रिभुवन राजपथ अन्तर्गत रहेको गण्डकदेखि शंकराचार्य गेटसम्मको मुख्य सडक बिस्तार गर्ने कि नगर्ने भन्ने बारेमा अहिले पर्सेली जनता दुइ ध्रुबमा बिभाजित बनेका छन । मुख्य सडक फराकिलो बनाएर बिरगंजको समृद्धीको अपेक्षा आम नागरिकले गरेको भएपनि त्यसलाई अवरोध गर्न समेत यतिबेला रकमी खेल शुरु भएको छ । राजनीतिक दलका नेताहरुलाई समेत बन्धक बनाएर नगरका केही अमिरहरुले पर्साका सबै नागरिकको बिकास प्रतिको अपेक्षालाई तुषारापात गरेको भन्दै बीरगंजका बिकस संघर्ष समितीले आन्दोलन थालनी गरेका छन भने माननीय मन्त्री रघुबिर महासेठलाई समेत बिकासमा अवरोध नगर्न र खुट्टा नकमाउन आग्रह गरेपछि सडक बिस्तार गर्नहुन्न भन्ने नाममा रोजीरोटी चलाइरहेका केही बाधकहरुलाई अव जनताले ने नागेंझार पार्ने चेतावनी समेत जुलुसमा सहभागिहरुले दिन थालेपछि पर्सेली जनता बिकासको पक्ष र बाधकको रुपमा बिभाजित बन्न जाने सम्भावना बढेर जान थालेको हो । बीरगंज उद्योण बाणिज्य संघले नेपालकै प्रबेशद्धारको रुपमा रहेको बीरगंको बिकासका लागि नेतृत्व गर्नुपर्ने भएपनि झन बिकास, परिवर्तन र समृद्धि स्वीकार्य छैन भनेर मुख्य सडकमा घर भएकाहरुसंग सडक फराकिलो नबनाउने नाममा रकम समेत उठाउन थालेपछि सर्वत्र यसको आलोचना समेत भएको छ । अझ दशैंमा समेत त्याहाबाट उठाइएको रकम बिभिन्न सेक्टरमा बांडेपछि यसको फेहेरिस्त समेत केही नागरिक समाजका अगूवाहरुले सूचनाको हक प्रयोग गर्दै तथ्याँक माग्ने तयारी गरेका छन । १० लाख रुपैयौंं दशैंमा संघले बाँडेर बिकास रोक्न चाह्यो अव उस्को असली चरित्र पनि सर्वाङ्ग गर्नुपर्छ भनि नाम नछाप्ने सर्तमा बिकासबादी बताउँछन ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here