श्रम कार्यालय सार्ने मन्‍त्रीकै निर्देशन कार्यान्वयन भएन, बिचौलिया हावी, कर्मचारी असुरक्षित

0
89
Ad_Article_Top
Share

  • जनकपुर सहरभन्दा पर र एकान्तमा रहेको श्रम तथा रोजगार कार्यालय सहरी क्षेत्रमै सार्न श्रम मन्त्री गोकर्ण विष्टले दिएको निर्देशन अझैं कार्यान्वयन भएको छैन। गत जेठ ५ मा मन्त्री विष्टले पार्टी प्यालेसमा रहेको श्रम कार्यालय पुग्दा भद्रगोल र सेवाग्राहीको सास्ती खेप्‍नुपरेको देखेपछि कार्यालय सार्न निर्देशन दिएका थिए।

सहरभन्दा टाढाको कार्यालय सेवाग्राहीले खोज्‍न झन्झट हुने गरेको र बिचौलिया हावी रहेको गुनासो गर्ने गरेका छन्। सेवाग्राहीको गुनासो सुनेपछि मन्त्री विष्टले प्रमुख जिल्ला अधिकारी तथा कार्यालयका कर्मचारीलाई तत्काल कार्यालय पायक पर्ने ठाउँमा सार्न निर्देशन दिएका थिए।

लगत्तै वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले कार्यालय सार्ने प्रक्रिया अघि बढाए। कार्यालय सार्न आवश्यक प्रक्रिया पूरा गर्न उनले कार्यालयका तत्कालिन कार्यकारी प्रमुख आबिद अन्सारीलाई निर्देशन दिए। अन्सारीले कार्यालय सार्नेभन्दै घरबेटीलाई पत्र लेखिसकेपछि नयाँ भवनका लागि सूचनासमेत प्रकाशित गरे।

निर्देशन दिएर सूचना प्रकाशित गरेको करिब ४ महिना बित्न लाग्दासमेत कार्यालय नसारिएपछि सेवाग्राहीले अझैं सास्ती खेप्नु परेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको दवावमा कार्यालय सार्ने प्रक्रिया अगाडी नबढेको स्रोतको भनाइ छ। एकान्त कुनामा कार्यालय राखेर लाखौं कमाइरहेका घरधनी हरि पंजियारले मन्त्री महासेठको आडमा कार्यालय सार्न नदिएको स्रोतले बताएको छ। पंजियार मन्त्री महासेठको निकट व्यक्ति रहेकाले श्रम तथा रोजगारमन्त्री विष्टको निर्देशन कार्यन्वयन नगर्न दवाव दिएको स्रोतको दाबी छ।

सूचना प्रकाशित गरी कार्यालयले नयाँ भवन खोजिसके पनि प्रमुख जिल्ला अधिकारी प्रदिप कणेलले समेत मन्त्रीको दवाव रहेकाले कार्यालय सार्न नहुने भन्दै आलटाल गरेका छन्। ‘कार्यालयमा हामीलाई पनि धेरै समस्या छ। तर, सिडियोले मेरो सरुवा भइसकेपछि मात्र यसको बारेमा कुरा गर्नु। सार्ने कुरा गर्दै नगरौं। धेरै जान्‍ने नबन भन्दै हप्काउने गर्नुभएको छ,’ एक कर्मचारीले भने।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here