तेसो दिनको हस्ताक्षर अभियानको बिन्दवासनी गाँउपालिका प्रमुख श्रीलाल साह कानुद्वारा उदघाटन

0
102
Ad_Article_Top
Share


वीरगंज, असोज २८

वीरगंजको मुख्य सडक चौडा गर्न चरणवद्ध आन्दोल गर्दै आएको वीरगंज बिकाश युवा संर्घष समितीले आज तेस्रो दिन पनि वीरगंजमा हस्ताक्षर अभियान जारी रहेको छ । संर्घष समितीको आयोजनामा घण्टाघरमा आज तेस्रो दिन पनि हस्ताक्षर अभियान सुरु गरिएको हो ।

नेपाल सरकारको निर्णय अनुसार वीरगंजको मुख्य सडक २५(२५ मिटर फराकिलो पार्न दबाव दिन हस्ताक्षर अभियान सुरु गरिएको संघर्ष समितिका नेता अकलेश साहले बताउनुभयो ।
संघर्ष समितिका सदस्य अकलेश साहको अध्यक्षतामा भएको हिजो दोस्रो दिनको हस्ताक्षर अभियानको उद्घाटन पर्साको विन्दवासिनी गाउँपालिकाका उपाध्यक्ष किरण देवीले गर्नुभएको थियो । पहिलो दिनको हस्ताक्षर अभियानमा छिपाहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले गर्नुभएको थियो।
संघर्ष समितिका सदस्य बिबेक कुमार साहको अध्यक्षतामा भएको तेस्रो दिनको हस्ताक्षर अभियानको उद्घाटन पर्साको विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु मोदीले गर्नुभएको थियो ।

अध्यक्ष कानु मोदीले अभियानमा पुर्ण सर्मथन रहेको जनाउदै यसमा लाग्न सवैलाई आग्रह समेत गर्नुभयो । नेकपाका युवा नेता समेत रहेका अकलेश साहले हस्ताक्षर अभियान तिन दिन सम्म चल्ने र संकल्ति हस्ताक्षर भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठलाई बुझाइने बताउनुभयो ।

हस्ताक्षर अभियान उद्घाटन कार्यक्रममा, संघर्ष समितिका महमूद अंसारी लगायतकाले मन्तब्य राखेका थिए । कार्यक्रममा प्रभाकर गुप्ता, शिवजी गुप्ता, सन्चारकर्मीमा जाकिर हुसेन,लालम्हमद अंसारी,समितिका सदस्य रंजित चौरसिया, राकेश पटेल, सन्दिप विक्रम साह,समशुल हक अंसारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन समितिका सदस्य अकलेश साहले गर्नु भएको थियो।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here