मुआब्जा दिएर मात्र वीरगंजको मुख्य सडक चौडा गर्न पिडित संर्घष समितीको अनुरोध (भिडियो सहित)

0
190
Ad_Article_Top
Share

वीरगंज,असोज २९
बीरगंज युवा तथा व्यापारी सडक पिडित संर्घष समिति बीरगंज पर्साले मुख्य सडक फराकिलो बनाउदा आफुहरु सुकुम्बासी हुने बताएका छन् । आज नेपाल पत्रकार महासंघको सभा हलमा पत्रकार सम्मेलनमा संर्घष समितिका संयोजक कुन्दन रौनियारले बताए । बीरगंजको ऐतिहासिक धार्मिक एवम् मौलिक पहिचान रहेकोले सडक विभागले २५÷२५ मिटर फराकिलो बनाउदा धेरै क्षेति पुग्ने भएकोले यसको विकल्प खोज्न संयोजक रौनियारले पत्रकार सम्मेलन मार्फत अनुरोध गरेका छन् ।

बीरगंजको अन्य वैकल्पिक गण्डक देखि भन्सार जोडिएको बाइपास ,रेल्वे रोड, आईसिपी लगायत रोडहरु रहेको अर्का सदस्य अरविन्द गुताले बताए । ‘यदि सरकारले लिने नै हो भने हामीलाई मुअब्जाको क्षेतिपुति दिनु पर्ने धारण राखे । अहिले भरखरै निर्माण भएको आईसिपीको मुअब्जा दिने अनि २०३३ साल देखि बसेका ब्यक्तिको मुअब्जा नपाउने भनेर प्रश्न गरेका थिए । ’ उनले भने ‘हामी विकास विरोधी होइन तर हामी यसको विकल्प खोजौ मात्रै भनिरहेका छौ’ भनेर बताए । पत्रकार सम्मेलनमा सिताराम बराल,भरत नेपाल ,जवाहर प्रसाद गुता,महेशराम चौरासीया लगायतको उपस्थित रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here