कालिकामाईका बासिन्दाले अनुभुति गर्ने काम गरेका छौं ,जनप्रतिनिधि र कर्मचारीको सुमधुर सम्बन्ध बिना बिकाश असम्भव – अधिकृत साह

0
201
Ad_Article_Top
Share

वीरगंज, असोज २९

कालिकामाई गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साहले योजना कार्यन्वय गर्ने काम कर्मचारीको भएको बताउनुभएको छ । आवाज एफ.एम ८८ मेगाहर्जको कार्यक्रम समय सन्दर्भमा आज कुरागर्दै अधिकृत साहले जनप्रतिनिधिले बनाएको योजनालई सफल कार्यन्व गर्ने काम कर्मचारी भएको बताउनुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारी बिच सम्बन्ध राम्रो भए मात्र बिकाशले गति लिने बताउनुभयो । अधिकृत साहले गाँउपालिकामा पर्याप्त बजेट भएकोले त्यसको सफल कार्यन्वयले मात्र गाँउपालिकाको बिकाश हुने बताउनुभयो । उहाँले गाँउपालिको शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पुर्वाधार लगायतको बिषयमा बढि ध्यान दिएको बताउनुभयो । उहाँले गाँउपालिकामा दिर्घकालिन बिकाशको लागि बिशेष कार्य गरिएको बताउनुभयो । अधिकृत साहले गाँउपालिकामा बितरण गरिएको ग्याँस चुल्हो, पाडी बितरण लगायत दिर्घकालिन योजना कार्यन्वय गरिएको बताउनुभयो । उहाँले गाँउपालिकाको कुल बजेट ३३ करोड ४ लाख मध्ये १२ करोड ६६ लाख मात्र बिकाश निर्माणमा खर्च हुने रकम भएको बताउदै अन्य रकमहरु प्रसासनिक खर्च, तलब भतामा खर्च हुने बताउनुभयो । उहाँले जनप्रतिनिधिले बनाएको योजनामा कर्मचारीले संशोधन गर्न नसक्ने भएकोले योजना बनाउने बेलामा नै छलफल गर्नुपर्ने आग्रह गर्नुभयो । उहाँले पराजित नेताले गुनासो गर्ने स्वाभाविक भएको बताउदै त्यसले काम गर्ने झन उर्जा थप्ने बताउनुभयो । उहाँले तालिमको नाममा छुट्याइएको २ करोड रकम भौतिक पुर्वाधारमा खर्च गरेको बताउदै तालिमको नाममा हुने ब्रम्हलुटलाई नियन्त्रण गरेको बताउनुभयो ।उहाँले एक दिने ,एक हप्ते तालिमबाट खासै प्रतिफल नआउने भएकोले दिर्घकालिन फाईदा हुने खालको लामो तालिमको आयोजना गर्न आग्रह गर्नुभयो । उहाँले कालिकामाई गाँउपालिको सर्वाङ्गिन बिकाशको लागि जनप्रतिनिधि , कर्मचारी र स्थानिय बिच सुमधुर सम्बन्ध आवश्कय रहेको बताउनुभयो । उहाँले गरिब,दलित,सिमान्कृत र पछाडि परेको जनताको बिकाशको लागि लागि छात्रवृति,निशुल्क ग्याँस चुल्हो बितरण, पाडी बितरण, गरिएको बताउनुभयो । उहाँले वृद्धाहरुको सजहताको लागि वैंकिङ्ग प्रणालि मार्फत वृद्धा भता लगायतको कार्य गरिएको बताउनुभयो ।उहाँले प्रशासनिक काममा कुनै ढिलाई नभएको बताउदै जनताको काममा सम्पुर्ण कर्मचारीहरु सक्रियताका साथ लागि परेको बताउनुभयो । उहाँले कर्मचारीबारे कुनै गुनासो भए गाँउपालिकामा आएर सम्पर्क गर्न आग्रह समेत गर्नुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here