तेली कल्याण समाज पर्साको आयोजनामा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न, धर्मशाला निर्माण गर्न मन्त्रीद्वारा एक लाख सहयोग गर्ने घोषणा

0
90
Ad_Article_Top
Share


वीरगंज, कार्तिक २, दिनानाथ साह
तेली कल्याण समाज पर्साको आयोजनामा शुभ दिपावली तथा छठ पर्बको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम समपन्न भएको छ । तेली कल्याण समाज पर्साका अध्यक्ष ध्रुब साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी प्रदेश न २ का भुमी ब्यवस्था कृषी तथा सहकारी मंत्री शैलेन्द्र साह, प्रदेश सभा सदस्य राजेस्वर साह, तेली कल्याण समाज बिरगञ्जका अध्यक्ष पन्नालाल साह, पुर्ब मंत्री आत्माराम साह, रामचंद्र साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सबैको सहयोगबाट तेली कल्याण समाजले धर्मशाला बनाउने तेली कल्याण समाज पर्सा का अध्यक्ष ध्रुब साह ले प्रतिबद्धता व्यक्त गर्नुभयो । ।तेली समाजमा शिक्षामा बढी जोड दिनुपर्ने धारणा बक्ताहरुले राखेका थिए । कार्यक्रममा पत्रकार दिनानाथ साह, बिरेन्द्र साह,पुर्व एसपी हनुमान साह, प्रदेश सभा सदस्य पारस साह ,डा श्रुति साह, विश्वनाथ साहलगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले धर्मशाला निर्माणको लागि एक लाख एक हजार आर्थिक सहयोग गर्ने प्रतिवद्धता समेत गर्नुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here