वीरगञ्जमा बिश्वविद्यालय बन्छ, सन्तानलाई बाहिर पठाएर शैक्षिक हब बन्दैन : डा. चौधरी

0
245
Ad_Article_Top
Share

वीरगञ्ज, २ कार्तिक
वीरगञ्ज कलेजका संस्थापक अध्यक्ष दिपेन्द कुमार चौधरीले वीरगञ्जमा जसरी भएपनि सामुदायिक विश्वविद्यालय नबनेपनि निजि विश्वविद्यालय बनाएरै छाड्ने दृढता व्यक्त गर्नुभएको छ ।

आवाज एफ एम ८८ मेगाहर्जको कार्यक्रम शिक्षा संवादका कार्यक्रम प्रस्तोता सुर्य नारायण बि क ले वीरगञ्जमा विश्वविद्यालयको कुरा उठेपनि बन्न नसक्नुको कारण के हो भनेर सोध्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले दाई भाईको झगडा छिमेकीलाई फाइदा भनेजस्तै वीरगञ्जका शिक्षा विद तथा बुद्धिजिवीहरुको तालमेल नमिल्नुका साथै राजनितिक एकरुपता नहुँदा राजर्षि जनक विश्वविद्यालय जनकपुरमा बनेको तर्क गर्नुभयो ।

वीरगञ्जलाई शैक्षिक हब बनाउनका लागि सर्बप्रथम यहाँकै अभिभावक तथा बुद्धिजिविहरुले यहाँको शैक्षिक गुणस्तरलाई बुझ्नुपर्ने आवश्यक्ता औल्याउनुभयो । नजिकको तिर्थ हेला भने जस्तै यहाँको अभिभावकहरुले यहाँको शिक्षाको गुणस्तरलाई बुझ्न नसकेर बाहिर गएर लाखौ खर्च गरेर पनि वीरगञ्जको जस्तो शिक्षाको गुणस्तर हासिल गर्न नसकेको बताउनुभएको छ । आफ्नै सन्तानलाई अन्य ठाउँमा पढाएर वीरगञ्जलाई शैक्षिक हब बनाउन खोज्नु अर्थ न व्यर्थको गोविन्द गाई भने जस्तै हुने बताउनुभयो ।

नेपाल सरकारले नै निजि शैक्षिक संस्था खोल्न अनुमति दिने हुँदा सबै प्रक्रिया पु¥याएर नै खोलिएको हुँदा माफियाकरण भन्न नमिल्ने भन्दै आक्रोश पोख्नुभयो । सम्पुर्ण देशको शैक्षिक अवस्था निजि संस्थाले धानेको हुँदा निजि संस्थालाई पनि सम्मान गर्नुपर्ने बताउँदै अध्यक्ष चौधरीले काठमाण्डौ, भारत तथा अन्य बिदेश भन्दा वीरगञ्जमा गुणस्तर शिक्षा दिन सकिने दाबी गर्नुभयो ।

नेपाल विद्या भूषण क श्रेणिको पदकबाट सम्मानित हुनुभएका चौधरीले आफुहरुले पढ्दा भोगेका समस्या नया पिढीले नभोगुन भन्ने अभिप्रायले वीरगञ्जमै कलेज खोलेको स्मरण गराउनुभो ।

तलको लिंकमा क्लीक गरेर कुराकानी सुन्न र हेर्न सक्नुहुन्छ :

कार्यक्रम शिक्षा संवादकाे अाजकाे श्रंखलामा नेपाल विद्या भूषण पदकबाट सम्माननीय राष्ट्रपति बाट विभूषीत हुनुभएका वीरगन्ज कलेजका संस्थापक अध्यक्ष डा. दिपेन्द्र कुमार चाैधरी सँगकाे कुराकानी

Posted by AAWAJ FM 88 MHZ on Saturday, October 19, 2019
Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here