भगवानले धेरै चिज दिएको छ, २/ ४ हजार खानुपर्ने मेयर म हैन : नितेन्द्र साह

0
478
Ad_Article_Top
Share

वीरगंज , कार्तिक ४
पर्साको बहुदरमाई नगरपालिकाको प्रमुख नितेन्द्र साहले नगरको समग्र बिकासको लागि कुनै कसर बाँकी नराख्ने गरि अघि बढिरहेको धारणा राख्नुभएको छ । उहाँले सबैको साझा उदेश्य भनेको नगरबासिको समग्र बिकासको मार्गचित्र निर्माण गरेर जीवनस्तर सुधार गर्ने र नमुना नपा निर्माणको अभियानमा लाग्नुपर्ने भएपनि पनि सोही अनुरुप हुन नसकेको समेत बताउनुभएको छ । आवाज एफएम ८८ मेगाहर्जको समय सन्दर्भ कार्यक्रममा बोल्नुहुँदै उहाँले बिकास निर्माणमा सबैको समान धारणा आउन्पर्ने समेत बताउनुभएको छ ।

आफुले कसैलाई पनि अपमान हुने गरि होइन सबैको भावना समेटेर परिषद गरिएको बताउनुभएको छ । पूर्ण बहुमतको आधारमा नगरसभा गरिएको हो कसैमा पनि बिरोध छैन । बिगतका दिनमा भएको निर्णयलार्य कार्यन्वयन गर्ने क्रममा पनि हालै सम्पन्न भएको परिषदले सबैलाई समेटने प्रयास गरेको छ । बिकास निर्माणमा गिटी बालुवा र अन्य निर्माण समाग्रीलाई सहज उपलब्ध गराउन नसक्दा पनि समस्या सृजना भएको हो । सरकारको निर्णयका कारण पनि कहीँ कतै समस्या सृजना भएको छ ।

सबैले आ—आफ्नो ठाउँबाट इमान्दारिताको प्रदर्शन गरेमा र दायीत्व बुझेर कर्तब्य पालना गरेको खण्डमा समस्या समाधान हन्छ र राष्ट्र निर्माण हुन्छ । म नगरप्रमुख भएपछि २४ सै घन्टा नगरहितमा काम गर्न सकिएन भने नगरले दिएको सुबिधा पनि प्रयोग गर्न हुन्न भन्ने अभिप्रायले छाडे र परिषदपछि सबैले सुबिधा लिन भनेपछि लिएको छु । उपप्रमुृखले पनि सुबिधा लिन आग्रह गरेपछि प्रयोग गरेको छु र काम गर्नेहरुलाई सुबिधा दिनपर्छ भन्ने पक्षमा म छु । उपप्रमुखले गर्ने काम गर्ने काम कारवाहीको बारेमा पनि चर्चा हुन जरुरी छ ।

मैले आफ्नो निजी स्वार्थमा नगरको कुनैपनी समान प्रयोग गरेको छैन । यताका दिनमा केही समाचारको रुपमा आएको कुरा पनि सत्य हुन कि होइनन त्यसमा निक्र्यौल गर्न जरुरी छ । नपाको जेसिबि चलाउन हरेकलाई छुट छ नपाले तोकेको शुल्क तिरेर हरेकले लग्न सक्छ । भगवानले नितेन्द्रलाई धेरै कुरा दिएको छ जनताले विश्वास गरुेर प्रमुख बनाएका छन त्यसैले २÷४ हजारमा वा रकममा आफुले कहिल्यै पनि नलाग्ने बताउनुभयो । उहाँले आफ्नो नपामा नमुना प्रस्तुत हुने गरि बिकास निर्माण, पिच, सडक, नाला निर्माण भैरहेको बताउनुभयो ।

शिक्षाका क्षेत्रमा सरकारको नीतिका कारण शिक्षक नियुक्ती गर्न नसकेको समेत बताउनुभयो । आफुले नपाको सबै काम कारबाही आम नगरवासिको बिश्वास र भावना समेटेर अघि बढेको बताउनुभयो । बिगतका दिनमा आफुसँग प्रतिस्पर्धामा रहेकोहरुले नै अहिले अनावश्यक हल्ला मच्चाएको बताउनुहुँदै आफ्नो नपामा ८५ प्रतिशत रकम खर्च भएको बताउनुभयो । आफु हरेक दिन नपाको कामको लागि कुनै न कुनै वडामा नगरपालिकाको कार्य क्षेत्रभित्रै रहेर कर्तब्य निर्बाह गरिरहेको समेत बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here