सशस्त्र प्रहरीद्वारा साढे पाँच लाख मुल्य बराबरको राजस्व छलिका सामाग्री बरामद

0
30
Ad_Article_Top
Share


सशस्त्र प्रहरीले पर्सा जिल्लाका विभिन्न नाकाबाट साढे पाँच लाख मुल्य बराबरको समान बरामद गरेको छ । भारतबाट भन्सार छलि नेपाल ल्याउँदै गरेको पाँच लाख अन्ठाउन्न हजार आठ सय रुपैयाँको समान बरामद गरेको हो । सशस्त्र प्रहरीको भन्सार गस्ती तथा सुरक्षाका लागि खटिएको गुल्मको टोलीले चेकजाँच गर्ने क्रममा लत्ताकपडा, हार्डवेयर, मोटरपार्टस, किराना सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले विभिन्न नाकाबाट अवैध रुपमा भित्र्याउँदै गरेको अवस्थामा समान बरामद गरिएको जानकारी दिए । बरामद गरिएको समान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाईएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here