कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त पक्राउ

0
31
Ad_Article_Top
Share


जिल्ला प्रहरी कार्यालय बाराले कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका वडा न.१२ शितलपुर बस्ने मखन साह कानुलाई शितलपुरकै मनेजर साह कानुको हत्यामा संलग्न रहेको अरोपमा पक्राउ गरेको प्रहरी प्रवक्ता रञ्जित सिंह राठौरले जानकारी दिनुभयो । मनेजरका छोरा प्रभु साह कानुले सोही ठाउँ बस्ने हरि शंकर साह कानु, मखन साह कानु लगायत विरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गरेका थिए । प्रहरीका अनुसार २०७५ जेठ २३ गते मनेजर मखनको खेतमा सिंचाई गरे वापतको पैसा माग्ने बिषयलाई लिएर भएको विवाद झगडामा परिणत भएको थियो । मखन साह कानु तथा उनका छोराहरूले मिलेर मनेजर माथि लाठी प्रहार गरेका थिए । ०७५ असार २४ गते उपचारको क्रममा मनेजरको न्युरो अस्पताल काठमाण्डौमा मृत्यु भएको थियो । घटनापछि फरार मखन साह कानुलाई प्रहरीले असोज ३० गते पक्राउ गर्न सफल भएको थियो । बारा जिल्ला अदालतको कात्तिक ३ गतेको आदेशले उनलाई पूर्पक्षको लागी वीरगञ्ज कारागार चलान गरेको बारा प्रहरीले जनाएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here