तराई मधेशमा नेपाली चलचित्र ओझेलमा, अबका नेपाली चलचित्रले मधेशको कथा बोक्छ : उपाध्यक्ष पौडेल

0
83
Ad_Article_Top
Share

वीरगञ्ज, कार्तिक ५
चलचित्र निर्माण संघ नेपालका उपाध्यक्ष बिमल पौडेलले वीरगञ्जमा आयोजना हुन गइरहेको स्वर्णिम चलचित्र महोत्सबले नेपाली चलचित्र प्रतिको अपनत्व बढाउने अपेक्षा गर्नुभएको छ । आवाजज एफ एम ८८ मेगाहर्जको कार्यक्रम आजको सदन्र्भ मा कुराकानी गर्दै स्वर्णिम चलचित्र महोत्सब समितीका संयोजक समेत रहनुभएका पौडेलले नेपालमा बन्ने चलचित्रहरुले तराई मधेशलाई सोचे जस्तो समेट्न नसकेका हुँदा आगामी दिनमा अँझै सशक्त ढंगले मधेशका कथा व्यथा समेटेर अगाडी बढ्ने दृढता व्यक्त गर्नुभयो ।

यहाँ धेरै जसो हिन्दी, भोजपुरी तथा मैथली चलचित्र चल्ने हुँदा नेपाली चलचित्र यस क्षेत्रमा ओझेलमा परेको बताउनुभयो । कुनै आर्थिक लाभ लिने अभिप्राय नभई खासगरी नेपाली चलचित्रको अपनत्व बढाउने उद्येश्य आफुहरुले लिएको उहाँको भनाई छ । कला र संस्कृतिको माध्यमबाट सम्पुर्ण व्यापारी, राजनिति दलका प्रतिनिधि, स्थानिबासि, सन्चारकर्मी लगायतलाई एकताबद्ध गर्न ठुलो भुमिका निर्वाह गर्ने पौडेलले बताउनुभयो ।

सो महोत्सबमा यहाँका स्थानिय स्तरमा उत्पादन भएका बस्तुहरु का साथै चलचित्र सँग सम्बन्धित गरी लगभग १५० भन्दा बढी स्टलहरु राखिने जानकारी गराउनुभयो । कार्यक्रम मार्फत यस महोत्सब लाई सफल पार्नका निमित्त प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गर्नुभएको छ ।

यसका साथै महोत्सबको माध्यमबाट चलचित्रमा प्रबेश गर्न रुचि राखेका वीरगञ्जका स्थानिय नब प्रतिभाहरुलाई समेत ठुलो टेवा पुग्ने पौडेलको दावि छ ।

यसैबिच नायीका उशा खनालले मधेशी र पहाडी बिचको बिभेदीकरणलाई चलचित्र को माध्यमबाट अन्त्य गर्न पनि यस महोत्सबले ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयोे । यस महोत्सब भइसकेपछि चलचित्र क्षेत्रले वीरगंजमा केही रुपमा भएपनि फड्को मार्ने तर्क गर्नुभयो ।

खासगरी वीरगञ्ज र यस आसपासका चलचित्र प्रेमीहरुलाई महोत्सबको माध्यमबाट सकरात्मक छाप पर्ने बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here