दलितहरु आर्थिक रुपमा कमजोर भएकै कारण मुद्धामामिला हार्छन् : दलित कानुन व्यावसायी हजारी

0
81
Ad_Article_Top
Share

६ कात्तिक, वीरगञ्ज
दलित कानुन व्यावसायी प्रमेशंकर हजारीले हालसम्म आफुले लडेका दलित सँग सम्बन्धित मुुद्धाहरुमध्ये कुनै पनि जित्न नसकेको बताउनुभएको छ । आवाज एफ एम ८८ मेगाहर्जको कार्यक्रम आवाज दलित संवादमा कुराकानीको क्रममा हजारीले दलित समुदाय आर्थिक रुपमा बिपन्न भएको हुँदा गैरदलितहरुले आर्थिक चलखेल गरेर भएपनि धनको प्रलोभनमा पारेर मुद्धामामिला जित्ने गरेको बताउनुभयो ।

दलित समुदायको अवस्था अत्यन्तै नाजुक रहेको बताउँदै उहाले संघियता फेरीएपति दलितका अवस्था भने जहाँको त्यहीँ भएको बताउनुभयो । बिगत ३५ बर्षदेखी कानुन व्यावसाय गर्दै आएका हजारीले आफुले ३५ बर्षको लामो अनुभवमा जातिय छुवाछुत, जातिय बिभेद, दलित महिला तथा बालिकामाथि बलात्कार, बोक्सीको आरोपमा गाउँनिकाला लगायतका थुप्रै केसहरु सामना गरेको बताउनुभयो ।

थुप्रै केसहरु लडेपनि आफुले कुनै पनि जित्न नसकेको दुखेसो उहाँले पोख्नुभयो । दलितका हक अधिकार संविधानमा लेखिएको भएपनि निति नियममा समावेश नगरिएको तथा भएका कानुनको पनि पालना नगरिएको भन्दै आक्रोश ब्यक्त गर्नुभयो ।

बिशेष गरी दलित समुदायमा शिक्षाको कमी भएको हुँदा सबै दलित समुदायको संगठन बिस्तार गरी एकताबद्ध हुन सक्यो भने दलितको जिवनस्तर माथि उकास्न कुनै समय नलाग्ने हजारीले दाबी गर्नुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here