बीरगंज, कार्तिक ७
पर्साको बिन्दवासिनी गाउँ पालिकाको गाउँ सभा हिजो सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु (मोदी ) को अध्यक्षतामा सम्पन्न सभामा आर्थिक बर्ष ०७६/०७७ को लागि चालु तर्फ १६ करोड, ७० हजार र पूँजीगत तर्फ १६ करोड, ९६ लाख, ६७ हजारको बजेट पारित भएको छ । परिषदले बिभिन्न बिषयमा योजना तय गर्नुको साथै शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र, बिकास निर्माणमा समेत बजेट बिनियोजन गरेको छ ।
परिषदमा शिक्षामा ९५ लाख ६८ हजार, स्वास्थ्यमा ३९ लाख ९८ हजार, कृषीमा ५० लाख, पशुमा २३ लाख लगायतका शिर्षकमा बजेट छुट्याएको छ । बजेटले शिक्षा, स्वास्थ्य, कृषी, सडक, नाला लगायत पालिकाको समग्र बिकासमा ध्यान दिने जनाइएको छ ।
परिषद पछि कुरा गर्दै अध्यक्ष (मोदी ) ले अव सबैले गर्व गर्ने खालको परिवर्तनको खाका कोरेर जनताको बीचमा जान मार्ग पहिल्याएको बताउनुभयो । उहाँले समस्या र चुनौति अनगिन्ती भएपनि सर्वसम्मतिले गाउँ सभा सम्पन्न भएपछि साझा सवालमा एक भएर जाने परम्पराको शुरु भएको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्याक्ष किरण देबी गुप्ताले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बिकास निर्माण र सामाजीक सुधार एवं महिला बालबालिका तथा उपेक्षित जाती भाषा एवं संस्कृतिको बिकासमा समेत ध्यान दिन आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रमको संचालन गाउँपालिकाका कर्मचारी राजेन्द्र दासले गर्नुभएको प्रेस संयोजक संजिब मिश्राले जानकारी दिनुभयो ।