नेकपा नेता भन्छन चुनावमा मलाई घेराबन्दीमा पारियो, अब कुनै पनि निर्वाचनमा कसैले हराउन सक्दैन – थारु

0
62
Ad_Article_Top
Share

वीरगंज, कार्तिक ७ ,राकेश साह
नेकपा नेता एवं संबिधान सभा सदस्य जयप्रकाश थारुले निर्वाचन हारेपनि जनताको हक हितको लागि काम गरिरहेको बताउनुभयो । आवाज एफं.एम ८८ मेगाहर्जको कार्यक्रम समय सन्र्दभमा कुरा गर्दै उहाँले आफनो पहलमा ईलाका प्रशासन कार्यालय स्थापना गराउनु र आफनो क्षेत्रमा तिनवटा पुल निर्माण गर्न लगाउनु जस्ता कार्य गरिएको बताउनुभयो । उहाँले जसरी पनि आफुलाई हराउने अभियान चलाएर हराइएको बताउनुभयो । उहाँले बि.स २०७० सालको निर्वाचनमा जनताले दिएको जिम्मेवारी सफलतापुर्व कार्यन्वयन गरिएको बताउनुभयो । उहाँले आफु बाहेक परिवारमा अन्य व्यक्त राजनितिमा नलागेको बताउदै परिवारवादको आरोप मिथ्या भएको बताउनुभयो। उहाँले केपी ओली नेतृत्वको सरकारले देशमा जनलहर सृजना गरेको बताउदै शान्ति सुरक्षा, भ्रष्टाचार नियन्त्रण लगायतका क्षेत्रमा व्यापक सुधार भएको बताउनुभयो । पार्टी एक ढिका एक भएर अगाडि बढेको बताउदै नेता थारुले पार्टी भित्र कुनै समस्य नभएको बताउनुभयो । उहाँले अहिले आफनो पुरा ध्यान बिकाश निर्माण रहेको र सोही अनुसार कार्य गरिरहेको बताउनुभयो । वीरगंजको मुख्य सडक चौडा गर्नु पुरै देशको आवश्यकता भएको बताउनुभयो ।उहाँले त्रिभुवन राजपथ देशकै लाईफलाईन भएको बताउदै सडक चौडामा अवरोध नगर्न उद्योगि व्यवसायिलाई आग्रह गर्नुभयो । नेपाल सरकारले गरेको निर्णयमा नेकपाको सर्मथन रहेको बताउदै सडक चौडामा बाधक नबनिदिन आग्रह गर्नुभयो । स्थानिय तहमा भ्रष्टाचार मौलाएको बताउदै भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने बताउनुभयो ।उहाँले जनताको पैसा जनताको हक हितको लागि खर्चिनु पर्ने बताउनुभयो । उहाँले स्थानिय तहमा आएको रकम सहि सदुपयोग गर्न सके स्थानिय तहमा काया पलट हुने समेत बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here