वीरगञ्जमा श्रष्टा भेटघाट तथा रचना बाचन कार्यक्रम

0
103
Ad_Article_Top
Share

वीरगञ्ज, ९ कार्तिक
साहित्यिंक चौतारी नेपाल प्रदेश न. २ को आयोजनामा आज श्रष्टा भेटघाट तथा रचना बाचन कार्यक्रम सम्पन्न भएको छ । लक्ष्मी जयन्तीको अवसरमा आवाज एफ एम ८८ मेगाहर्जको प्रांगनमा आयोजित कार्यक्रममा हेटौडा, निजगढ, रुकुम तथा बारा पर्साका श्रष्टाहरुले सृजना बाचन गरेका थिए ।

साहित्यिक चौतारी नेपाल केन्द्रिय महासचिब महासचिब गीता भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा बरिष्ठ पत्रकार जगदिश शर्मा, प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य तथा भोजपुरी साहित्यकार उमाशंकर दिवेदी, पत्रकार महासंघ प्रदेश न. २ का उपाध्यक्ष केसि लामिछाने, पर्सा शाखा अध्यक्ष श्याम बन्जारा, चलचित्र निर्माता, नायक एवम् चलचित्र महोत्सव समितिका संयोजक बिमल पौडेल नायिका तथा गायिका बोबी रोजा, लक्ष्मी साहित्य समाजका अधयक्ष महेशचन्द्र गौतम, युवा साहित्यकार दिलिपराज कार्की, साहित्यिक चौतारी नेपालकी केन्द्रिय कोषाधयक्ष सरु बस्नेत, प्रभात काव्य यात्राका संयोजक अरुण बिक्रम शाह लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा शुभकामना मनत्व्य व्यक्त गर्दै बक्ताहरुले वीरगंजको साहित्यीक क्षेत्रको अवस्था फस्टाउन नसकेको हुँदा यस किसिमका रचना बाचन कार्यक्रमले उर्जागर गर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा साहित्यिक अनुरागिहरुले देशको राजनितिक अवस्था, अर्थ, शिक्षा, बिकास, आमा, चाडपर्व लगायतका कुराहरुलाई सृजनामार्फत चित्रण गरेका थिए । कार्यक्रमको सहजिकरण सन्चारकर्मी सुर्य शुुभचिन्तक ले गर्नुभएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here