वीरगंज, कार्तिक १३
पर्साको पोखरिया नगरपालिकाको वडा नं. ८ जगतपुरमा मंगलबार शैक्षिक जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।श्री ने.रा. अधारभुत विद्यालय जगतपुरमा भएको कार्यक्रलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरीले समाजमा शिक्षाको स्तर अझै बढाउन जरुरी रहेको वताए । पर्साको जगरनाथुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समेत रहेका गिरीले उच्च शिक्षाको साथ साथै लोक सेवा तर्फ अझै बढी ध्यान दिन जरुरी रहेको वताए ।गिरीले लोक सेवा आयोगमा सोरस फोर्स नचल्ने बताउदै मिहनेत र परिश्रमको आधारमा जागिर पाउने एउटै माध्यम भएको वताए । गरिब र पहुंच नभएकाहरुको सरकारी जागिरको लागि लोक सेवा आयोगको सुनौलो अधार भएको उनको भनाई थियो ।वडाध्यक्ष किशोरी प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पदमा लोक सेवा उर्तिण गर्ने स्थानिय ४ जनालाई सम्मानित समेत गरिएको थियो ।नेपाल प्रहरीको इन्सपेक्टरमा रंजन मिश्रा, खरिदारमा निरज सहनी, प्रा.वि. शिक्षकमा रमेश साह तेली र स्वास्थ्य तर्फ नाम निकालेकी संजु साहलाई सम्मानित गरिएको थियो ।स्थानिय युवाहरुले आयोजना गरेका कार्यक्रम स्थानिय योगेन्द्र मिश्राको सक्रियतामा भएको थियो ।सभार कालिकाटाईम्स