चारदिने छठ पर्व आज देखि शुरु, आज पहिलो दिन नहाय खाए

0
349
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,कार्तिक् १४
तराईबासीको ठूलो चाडको रुपमा मनाईने छठ पर्व आज (बिहिबार)देखि विधिवत रुपमा शुरु भएको छ ।कठोर ब्रतको रुपमा मनाईने छठ ब्रत कार्तिक शुक्ल पक्षको चतुर्थी तिथिबाट विधिवत शुरु भई सप्तमी तिथिमा बिहान भगवान सुर्यलाई अर्घ दिएर समाप्त हुन्छ ।छठ ब्रत्त गर्नाले पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने उद्देश्यले सूर्यको उपसना गरी मनाउने गरिन्छ ।


चार दिनसम्म चल्ने पर्वको चतुर्थी तिथीबाट विधिवत शुरु भएको दिनलाई भोजपुरी भाषामा नहाए खाए अर्थात नुहाएर खानु भनिन्छ ।नहाय खायको दिन छठैतिन महिलाहरु आँपको दतिउनले मुख धुने, हात खुट्टाको नङ्ग काट्ने र नुहाएर मात्र शुद्ध सात्विक भोजन ग्रहण गर्छन् । आज ब्रतालूले लसुन, प्याज र मसुरोको दाल बिनाको शुद्ध सात्विक भोजन खाने गर्दछन् ।जसमा अगहनी चामलको भात, अरहर अथवा चनाको दाल, लौकाको तरकारी र तोरीको साग अनिवार्य खानु पर्दछ । यस पर्वमा ब्रतालु महिलाहरु नहाय खायको दिनदेखि शारिरीक शुद्धताको ख्याल गरी ब्रहचार्यको समेत पालना गर्दछन् ।नहाय खायको दिनदेखी छठि माईको घरमा आगमन भएको धार्मिक मान्यता अनुसार आजदेखि छठ सम्पन्न नभएसम्म घरका अन्य सदस्यहरु पनि शुद्ध साकाहारी भोजन खाने गर्दछन् ।छठको दोस्रो दिन शुक्ल पक्षको पंचमी तिथिलाई खरना तथा रसियाव रोटि भनिन्छ । यस दिन ब्रतालु पानि समेत नखाई निराहार ब्रत बस्छन् । बेलुकी माटोले बनाएको शुद्ध चुलोमा शख्खर भएको खीर तथा माटोको भाडोमा पकाईको गहुँको रोटिलाई विशेष प्रसादको रुपमा छठि माता र सूर्य देवलाई चढाएर ब्रतालुले प्रसादको रुपमा खान गर्छन् ।छठको तेस्रो दिन अर्थात संझिया घाटको षष्ठि तिथिमा ब्रतालुले निर्जल र निराहार रहि बेलुकी अस्ताउदो सुर्यलाइ जलाशयमा उभेर अघ्र्य दिने र आफ्नो मनोकांक्षा भगवान सूर्य देवलाई सुनाउने गर्छन । भाकल गरेकोले सो दिन घरमा आएर छठि मातालाई खुशी पार्न कोशी भर्ने गर्दछन् । छठको चौथो तथा अन्तिम दिनलाई भोजपुरी भाषामा बिहनइया अथवा भोरे घाट भनिन्छ । सप्तमी तिथिको उदाउदो सुर्यलाई जलाशयमा अघ्र्य दिएर प्रार्थना गर्छन् । अत्यन्त कठिन र निष्ठापूर्वक मनाइने छठ पर्वमा सन्तान र परिवारको सुख शान्ति तथा रक्षाको कामना गर्दै छठी माता र सूर्य भवानको पूजा गरिन्छ । यसैबीच तराई मधेशमा दाजुभाइ तथा दिदीबहिनी बीचको प्रेमको प्रतिकका रुपमा मनाइने सामाचकेवा पर्वको पनि चहलपहल सुरु भएको छ ।


सभार बिएल न्युज

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here