स्वर्णिम चलचित्र महोत्सबलाई सफल पार्न आयोजकको आग्रह

0
57
Ad_Article_Top
Share

वीरगञ्ज, १४ कार्तिक

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले यही कार्तिक २१, २२ र २३ गते हुन गइरहेको नेपाल चलचित्र स्वर्णिम महोत्सबले नेपाली चलचित्र क्षेत्रको कायापलट गर्ने बिश्वास व्यक्त गर्नुभएको छ ।
आवाज एफ एम ८८ मेगाहर्जको कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै अध्यक्ष अधिकारीले यस महोत्सबले गर्दा नेपाली चलचित्रले वीरगंजका दर्शक हरुलाई जोड्न तथा एकताको सुत्रमा बाँध्न सहयोग पुग्ने दावी गर्नुभयो । यसका साथै भोजपुरी, मैथली तथा स्थानिय कला, संस्कृतिलाई जगेर्ना गर्नुका साथै प्रचार प्रसार गर्न पनि फिल्म महोत्सबले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
महोत्सब सफल पार्न यहाँका स्थानिय बुद्धिजिवि, महानगरपालिका, उद्योगि व्यावासायि तथा प्रदेश सरकार र भिजिट नेपाल लगायतको सहयोगको लागि उहाँले आभार प्रकट गर्नुभएको छ । साथै यसैगरी साथ र सहयोगको समेत अपेक्षा गर्नुभएको छ । महोत्सबमा बलियुडका चर्चित कलाकार गोविन्दा लगायत अन्य थुप्रै कलाकार आउने उहाँले बताउनुभयो । महोत्सबमा स्थानिय स्तरमा उत्पादित बिभिन्न बस्तुका साथै चलचित्र सँग सम्बन्धि स्टलहरु राखिने र यसले गर्दा स्थानि प्रतिभाहरुलाई राम्रो अवसर साबित हुने उहाँले बताउनुभयो ।
त्यसैगरी नेपाली फिल्म इन्डष्ट्रिजका कलाकार तथा एभरेस्ट फिल्म एकेडेमीका संस्थापक अध्यक्ष सुनिल थापाले बिशेष गरी तराइ क्षेत्र तथा मधेशका समस्या र कथा तथा बिषयबस्तुलाई समेट्न पनि यस महोत्सबले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बिचार व्यक्त गर्नुभयो ।
त्यसका साथै यहाँका समस्याहरुलाई चलचित्रको माध्यमबाट सकरात्मक रुपमा चित्रण गरेर उतार्नुपर्नेमा जोड दिनुभयो । आफ्नो ४५ बर्षको अनुभव सुनाउँदै कलाकार थापाले पहिले रिलको जमानादेखी लिएर अहिले डिजिटल प्रबिधि सम्म आइपुग्दा धेरैे बिकास भएको बताउनुभयो । प्राविधिक क्षेत्रमा नेपाली चलचित्र क्षेत्रले छोटो समयमै धेरै बिकास गरेको उहाँको बुझाई छ ।
त्यस्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडकाले नेपाली चलचित्र क्षेत्रमा पहिलेको तुलनामा अहिले धेरै बिकास भएको बताउनुभएको छ । कथा बस्तुको तुलनामा अलिकति कमजोर भएपनि त्यसलाई क्रमीक रुपमा सुध्रिदै गएको बताउनुभयो ।
पहिले बर्षमा मुश्किलले १ ओटा २ ओटा बन्ने फिल्म अहिले बर्षमा लगभग २ सयको हाराहारीमा बन्ने गरेको बताउनुभयो । कार्यक्रम आजको सन्दर्भमा बोल्दै हिमाल पहाड तराईको उत्सब नेपाल चलचित्र स्वर्णिम महोत्स लार्य भब्य र सभ्य रुपमा सफल पार्न आग्रह गर्नुभएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here