पुर्वमन्त्री निषादको प्रमुख आतिथ्यमा संर्घष समितीको बैठक सम्पन्न,चार बुंदे निर्णय पारित

0
216
Ad_Article_Top
Share

वीरगंज, कार्तिक १९
वीरगंजको मुख्य सडक फराकिलो गर्न माँग गर्दै चरणवद्ध आन्दोलन गर्दै आएको वीरगंज बिकाश युवा संर्घष समितीको बैठक आज सम्पन्न भएको छ । पुर्व उद्योग राज्य मन्त्री एवं नेकपा नेता मेघराज निषादको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले चार बुदें निर्णय गरेको छ । बैठकले सडक डिभिजन कार्यालय पथलैयामा डेलिगेसन लिएर जाने,पत्रकार सम्मेलन गर्ने,नयाँ सदस्यहरु थप्ने र वीरगंजमा सिटी जुलुस निकाल्ने निर्णय गरेको संर्घष समितीका सदस्य अकलेश साहले जानकारी दिनुभयो । वीरगंज श्रीपुरमा सम्पन्न बैठकमा संर्घष समितीका सदस्यहरु रंजित चौरसिया, राकेश पटेल,महमुद अंसारी, रामबाबु मण्डल, सिता पटेल, शेखर अग्रवाल, मुना मियाँ अंसारी,सागिर महम्द,मन्जर अंसारी ,सागिर अंसारी लगायतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here