नेशनल मेडिकल कलेज झन झन कठोर बन्दै, कलेजको बिद्यार्थीलाई बाहिरियाहरुबाट बचाउछु -एमडी बसरुदिन

0
473
Ad_Article_Top
Share


वीरगंज, कार्तिक १९ राकेश साह
नेशनल मेडिकल कलेजका प्रबन्धक बसरुदिन अंसारीले मेडिकल कलेजलाई अनावश्यक विवादमा तान्ने काम भएको बताउनुभएको छ । आवाज एफ.एम ८८ मेगाहर्जको कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै उहाँले मिडियामा आए जस्तो नेशनल मेडिकल कलेजका बिद्यार्थीहरु माथि दुरव्यवहार नभएको बताउनुभयो । उहाँले डा. गोबिन्द केसीले बिद्यार्थीहरुलाई उचालेर चिकित्सा शिक्षा क्षेत्रलाई तहसनहस गरेकोे आरोप लगाउनुभयोे । शुल्क तोक्ने अधिकार त्रिभुवन बिश्वबिद्यालयलाई भएको बताउदै कलेजले नियम संगत नै शुल्क लिएको बताउनुभयो । उहाँले अरुको ईसारामा चितवनबाट आएका केहि बिद्यार्थीहरुले नेशनल मेडिकल कलेजलाई बदनाम गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले कलेजको समस्या आन्तिरिक भएकोले कलेजको समस्या कलेजले समाधान गर्ने बताउनुभयो । उहाँले अरु कलेजका बिद्यार्थीबाट आफनो कलेजको समस्या समाधान नहुने बताउनुभयो । बढि लिएको शुल्क आउने शुल्कमा समायोजन गर्ने प्रबन्धक अंसारीले बताउनुभयो । सुिनयोजित तरिकाले नेशनल मेडिकल कलेजलाई बदनाम गराउन केही तत्वहरु हावी भएको बताउदै त्यसले केही फरक नपर्ने बताउनुभयो ।उहाँले नेशनल मेडिकल कलेजको सिट संख्या सुनियोजित तरिकाले घटाइएको र बिदेशी बिद्यार्थी भर्नामा पनि रोक लगाएर नेशनल मेडिकल कलेज माथि अन्याय गरेको बताउनुभयो । मेडिकल कलेजले गत बर्षमात्र २२ करोड कर तिरेको बताउदै देशमा प्राईभेट मेडिकल कलेजले रोजगार सृजना र आर्थिक वृद्धिमा सहयोग गरेको बताउनुभयो । उहाँले मेडिकल शिक्षामा देखिएको समस्याका कारण धेरै नेपाली बिद्यार्थीहरु बिदेश पलायन भएको बताउनुभयो। उहाँले नेपालका मेडिकल कलेजलाई बिवादमा तानेर बिद्यार्थीहरुलाई बिदेश पठाउने केहि तत्व हावी भएको बताउनुभयो । उहाँले गत बर्ष मात्रै साढे छ सय बिद्यार्थीहरु बगंलादेश गएको बताउदै त्यसले करौडौ रकम बिदेशीएको जानकारी दिनुभयो । उहाँले नियम बिपरित संचालित एजुकेशन कन्सल्टेन्सीलाई समयमै लगाम लगाइएन भने अर्वौ रुपैया बिदेशीने पनि बताउनुभयोे । उहाँले तत्कालिन प्रधानमन्त्री स्व. कृष्णा प्रसाद भट्टराईले स्वयं जमानी बसी बंगलादेश बैंकबाट २४ करोड रुपैया ऋण उपलब्ध गराई नेशनल मेडिकल कलेज संचाल्नमा सहयोग गरेको बताउनुयभो । उहाँले नेशलन मेडिकल कलेजमा कम शुल्कमै उच्च स्तरिय सेवा दिएको बताउनुभयो । उहाँले बाहिर हल्ला भए जस्तै नेशनल मेडिकल कलेजमा केही नभएको बताउदै आम जनसमुदायलार्य नेशनल मेडिकल कलेजको अवलोकन गर्न आग्रह गर्नुभयो । चितवनमा मेडिकल कलेजलाई तहसनहस गरे जस्तै वीरगंजको नेशनल मेडिकल कलेजलाई बदनाम गराउन केही अपराधिक तत्व सक्रिय भएको बताउनुभयो । उहाँले नेशनल मेडिकल कलेज नेपाल सरकारले तोकेको हरेक नियम पालना गरेको बताउदै चिकित्सा शिक्षा नियमावली अनुसारनै आफनो कलेज संचाल्नमा रहेको बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here