दलित समुदाय गरिबीको चपेटामा, अगुवा नै पार्टीको झोले भएको अध्यक्ष रामको गुनासो

0
278
Ad_Article_Top
Share :

वीरगञ्ज, कार्तिक २०
दलित अधिकार समाज पर्सा महुवनका अध्यक्ष मनोज रामले दलित अगुवा तथा दलित अधिकारकर्मी हरु नै पार्टीको झोले भएको हुँदा दलित समुदायको जिवनस्तर माथि उक्सिन नसकेको बताउनुभएको छ ।
आवाज एफ एम ८८ मेगाहर्जको प्रस्तुती कार्यक्र “आवाज दलित संवाद” मा कुराकानी गर्दै दलित अगुवाहरु बिच आपसी बिवाद हुँदा दलित समुदाय झन झन पिछडिएको बताउनुभयो । पिस फोर दलित फाउण्डेशन पर्साका अध्यक्ष समेत रहनुभएका रामले देशमा संघियता आएसँगै हरेक वडा कमिटिमा भएका दलित महिला प्रतिनिधि लाई समेत बैठकमा नबोलाएर हस्ताक्षर मात्र गराउने गरेको बताउनुभयो ।
दलित समुदायको उत्थानको लागि बिशेष गरी दलित समुदायको आर्थिक समृद्धि हुने खालका प्रशिक्षण तथा सिपमुलक तालिमको व्यवस्था संघ, प्रदेश तथा स्थानिय सरकारले गर्नुपर्ने उहाँले माग गर्नुभयो । बिभिन्न क्षेत्रमा ग्यास चुलो बितरणको प्रसँगमा उहाँले २ सयको दाउरा किन्न नसक्नेले १३÷१४ सयमा ग्यास कसरी भर्न सक्छ भनेर प्रतिप्रश्न गर्नुभयो ।
दलित अभियानता रामले दलित समुदाय गरिबीको चपेटमा परेको हुँदा भेदभाव, छुवाछुत जस्ता अन्धबिश्वास र कुरीतीको पनि सिकार बनिरहेको गुनासो गर्नुभयो ।
अन्य क्षेत्रको तुलनामा पर्साका दलित अधिकारकर्मी तथा दलित सँग सम्बन्धित संघ संस्थाहरु निष्क्रिय हुँदै गएको हुँदा अब जागरुप हुनुपर्ने बेला आएको उहाँले बताउनुभयो । एउटा हातिलाई जसरी जन्जिरमा बाँधिएर राखिएको हुन्छ त्यसरी नै दलित समुदायलाई पनि दमनमा राखिएको उहाँको बुझाई छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here