बिन्दवासनीमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि एक दिने गोष्ठी सम्पन्न

0
147
Ad_Article_Top
Share


वीरगंज, कार्तिक २१,संजिव मिश्र
पर्साको बिन्दवासनी गाँउपालिकामा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि एक दिने गोष्ठी सम्पन्न भएको छ । आसमा नेपालको सहयोगमा सम्पन्न गोष्ठीमा बालबालिका सम्बन्धि छलफल गरि निति नियम बनाउने लगायत बिषयमा छलफल भएको थियो । कार्यक्रममा समग्र बाल अधिकार सम्बन्धि तथा बाल संरक्षण प्रणालीको लागि स्थानिय तहमा गर्नुपर्ने आवश्यक केही कार्यहरु गर्ने बाल अधिकारका मुद्दा तथा बाल संरक्षणका सवालहरु सम्बोधन गर्न स्थानिय तहमा के कस्ता अवसरहरु देखिएको त्यसको बारेमा छलफल गरिएको थियो । स्थानिय सरकार संचाल्न ऐन २०७४मा स्थानिय तहको बाल संरक्षणको सम्बन्धमा बिभिन्न जिम्मेवारीहरुको बारे छलफल गरिएको थियो । कार्यक्रममा बाल सरंक्षण निति गठनका लागि पालिका तहको कार्य योजनाको बारेमा जिम्मेवारी तोकिएको थियो । वडाहरुमा बालबालिका सम्बन्धि काम गर्न जनप्रतिनिधिहरुलाई निति नियम बनाई लागु गर्न जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाएका थिए ।

आसमा नेपालका कार्यक्रम संयोजक पुनीलाल बैठाले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । गोष्ठीमा गाँउपालिका उपाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी किरण देवि गुप्ताले बालबालिकाहरुको शिक्षा ,स्वास्थ्यको बारेमा गाँउपालिकाले पहल गर्ने बताउनुभयो । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष संजाय चौहान, ४ का वडा अध्यक्ष अनोज कुमार चौरसिया, ५का सुकदेव राउत अहिर , कार्यपालिका सदस्य रामाधार मुखिया, रुवाबजा खातनु, समाजिक बिकाश प्रमुख रामप्रवेश साह,स्वास्थ्य शाखाका रामेश्वर चौरसिया, आसमा नेपालका शिर्ला सरकार,बाल क्लबका अमन चौरसिया लगायतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here