आज हरिबोधनी एकादशी, विष्णु मन्दिरमा भक्तजनको घुँईचो

0
25
Ad_Article_Top
Share

  • आज हरिबोधनी एकादशी । सनातम धर्मका अनुयायीहरुले आजको दिनलाई ठूलो एकादशीको रुपमा पूजापाठ गरी मनाउने गर्दछन् ।

मंसिर शुक्ल एकादशीदेखि सुरु भएको चतुर्मास आज कात्तिक शुक्ल एकादशीमा समाप्त हुने गर्दछ ।

पौराणिक कथनअनुसार यो समयमा विष्णु भगवान शयन अवस्थामा रहनु हुने हुँदा विवाह आदी कार्यहरु जुराउनु हुँदैन ।

तर आजदेखि विष्णु भगवान शयनबाट ब्युझने हुँदा विवाह आदी शुभ कार्यहरुका लागि उत्तम मानिन्छ । भगवान विष्णुको प्रतीक तुलसीको पनि आजै पूजाआज गर्ने गरिन्छ ।

आजको दिनलाई तुलसी विवाहको दिनको रुपमा समेत पुज्ने चलन छ । घरघरमा सजाइएको तुलसाको मठमा आज पवित्र विधि परम्परा अनुसार पूजा गरिन्छ ।

आजको दिन तुलसीको आयुर्वेद महत्वलाई समेत सम्झने गरिन्छ ।

आज काठमाडौं उपत्यकाका चार नारायणलगायत देशैभरका विष्णु मन्दिरमा भक्तजनको घुँईचो एवं विशेष मेला लाग्नेछ । 

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here