चर्चित कलाकारको प्रस्तूतिले वीरगंज चलचित्रमय

0
49
Ad_Article_Top
Share

वीरगञ्ज, २२ कार्तिक
वीरगञ्जको आदर्शनगर रंगशालामा हिजो बाट शुरु भएको चलचित्र स्वर्णिम महोत्सबमा आज पनि राष्ट्रिय तथा स्थानिय कलकारको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
आज अपरान्ह ३ बजेदेखी अन्तराष्ट्रिय अवार्ड जित्न सफल नेपालि फिल्म भोरको प्रदर्शनी गरिने महोत्सब प्रचार प्रसार समितिका संयोजक दिलिपराज कार्कीले जानकारी दिनुभयो ।
फिल्मको प्रदर्शनी सकिए लगत्तै राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकार निशा ढुंगाना, पुष्प खडका, सुल्टीम गुरुंग, सुनिल थापा लगायतका कलाकारले मनोरन्जनात्मक प्रस्तुति दिने कार्कीले बताउनुभयो । यसअघि आजै वीरगंज उद्योग बाणिज्य संघको सभाहलमा चलचित्रको छायांकन सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ ।
पुस्कर लामाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा लगे रहो मुन्ना भाइ, पिके लगायतका चर्चित चलचित्रको छायांकल गरेका सिके मुरली धरले ५० जना प्रशिक्षार्थिलाई प्रशिक्षण दिनुभएको हो ।
त्यसैगरी भोलि पनि बुलकुल, शत्रु गते लगायतका फिल्म प्रदर्शनी गरिने महोत्सब समितीका संयोजक बिमल पौडेलले बताउनुभयो । भोलिको मुख्य आकर्षण बरिष्ठ हास्य कलाकार मिठाइलाल ज्यादब सन्दिप क्षेत्रीको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here