सिजनको १२ औँ खेलमा पहिलो जित

0
16
Ad_Article_Top
Share

लगातार ११ खेलसम्म जित बिहीन रहेको वाट्फोर्डले प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ । १२ खेलमा आएर वाट्फोर्डले लिगमा यो सिजन पहिलो जित दर्ता गर्न सफल भएको हो ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा वाट्फोर्डले नर्विच सिटीलाई २–० ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको वाट्फोर्डले दोस्रो हाफमा एक गोल थपेको हो ।


दोस्रो हाफमा १० खेलाडीमा सीमित भएर पनि उसले गोल भने खाएन । उसका लागि जेरार्ड डेउलोफेउले खेल सुरु भएको ७६ औँ सेकेण्डमै गोल गरे । ५२ औँ मिनेटमा आन्द्रे ग्रेले गोल गर्दै अग्रता दोब्बर पारे ।

६५ औँ मिनेटमा क्रिश्चियन काबसेले दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि वाट्फोर्ड १० खेलाडीमा सीमित भयो ।

तर उसले गोल खाएन र सिजनको पहिलो जित दर्ता गर्न सफल भयो । जितपछि १८ औँ स्थानको वाट्फोर्डको १२ खेलबाट ८ अंक भएको छ । पुछारको नर्विचको सात अंक छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here