चलचित्र स्वर्णिम महोत्सब आज समापन हुँदै, सन्दिप क्षेत्री लगायतको प्रस्तुती

0
114
Ad_Article_Top
Share

वीरगञ्ज, २३ कार्तिक
वीरगञ्जको आदर्शनगर रंगशालामा बिहिवारदेखी शुरु भएको चलचित्र स्वर्णिम महोत्सब आज समापन हुँदै छ ।
राष्ट्रिय तथा स्थानिय कलकारको बेजोड प्रस्तुती सँगै आज समापन हुने आयोजकले जनाएको छ । आज बिहान ९ बजेदेखी नेपालि कथानक चलचित्रको अवार्ड जित्न सफल चलचित्र बुलबुल प्रदर्शनी भइरहेको छ । त्यसैगरी दिउसो १२ बजेदेखी सत्रु गते प्रदर्शनी हुने महोत्सब प्रचार प्रसार समितिका संयोजक दिलिपराज कार्कीले जानकारी दिनुभयो ।
फिल्मको प्रदर्शनी सकिए लगत्तै राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकार तथा स्थानिय कलाकारको बेजोड सांस्कृतिक प्रस्तुती तथा नृत्य प्रस्तुति रहने छ । आजको मुख्य आकर्षण बरिष्ठ हास्य कलाकार मिठाइलाल ज्यादबको नामले परिचित सन्दिप क्षेत्रीको प्रस्तुती रहने महोत्सब समितीका संयोजक बिमल पौडेलले बताउनुभयो ।

त्यसैगरी नायिका निरुता सिँह, गायक युवराज चौलागाई लगायतका चर्चित गायक, गायिका, नायक, नायिकाका साथै स्थानिय कलाकारको समेत प्रस्तुती रहने पौडेलले बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here