वीरगंज बिकाश युवा संर्घष समितीद्वारा सिटि जुलुस प्रर्दशन

0
237
Ad_Article_Top
Share


वीरगंज, कार्तिक २३
वीरगंज बिकाश युवा संर्घष समितीले आज वीरंजमा सिटी जुलुश प्रर्दशन गरेको छ । संर्घष समितीका सदस्यका महमुद अंसारीको नेतृत्वमा सिटि जुलुृश प्रर्दशन भएको हो । घण्टाघरबाट शुरु भएको सिटि जुलुश नगर परिक्रमा गरि पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोध गर्दै वक्ताहरुले वीरगंजको मुख्य सडक २५÷२५ नतोड्न भईरहेको षडयन्त्रबारे भण्डाफोर गरेका थिए । वक्ताहरुले भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको राजिनामाको माँग गर्दै मन्त्री महासेठको वीरगंज प्रवेशमा रोक लगाउने चेतावनी दिएका थिए । कार्यक्रममा समितीका सदस्य विवेक कुमार साह , अकलेश साह, रंजित चौरसिया, बिशाल सर्राफ, मुन्ना तेली,मुन्ना मियाँ लगायतको सहभागिता रहेको समितीका सदस्य विवेक कुमार साहले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here