सुतलीको अपार सफलता पछि (दर्पण) को पलाश सार्वजनिक (भिडियो सहित)

0
205
Ad_Article_Top
Share

सुतलीको अपार सफलता पछि बिजय चन्द (दर्पण) को पलाश सार्वजनिक भएको छ । दर्पण को शब्द तथा लय रहेको गीतमा चर्चित गायक राजेश खड्का (सानु) र अनुषा रमजालीले स्वर दिनुभएको छ । यस गीतलार्य तिलक वली ले संगित गर्नुभएको छ ।

गामवेसि डिजिटल स्टुडियोमा रेकर्ड भएको पलाश गीतमा पछिल्लो समयमा कार्यक्रम इन्द्रेणीमा दोहोरी गाएर सबैको मनमुट्ुमा बस्न सफल गायिका टिका सानु, बाबु कृष्ण परियार र सम्पुर्ण लामिछानेले अत्यन्तै दमदार अभिनय गर्नुभएको छ ।

सूर्य ढकालले निर्देशन गरेको गीतको भिडीयोको कोरियोग्राफर गोविन्द बिबश ले गर्नुभएको छ । पलाश सुतली टिभी अफिसियल च्यानल मार्फत शनिवार सार्वजनिक भएको हो ।

यसअघिको सुतलीको अपार सफलता सँगै पलाश सार्वजनिक भएको हुँदा यसले पनि दर्शकको मन जित्नेमा ढुक्क रहेको गीतका सर्जक दर्पणले बताउनुभयो । त्यसैगरी गायक राजेश खड्का सानुले सुतली जस्तै पलाशलाई पनि माया गर्न आग्रह गर्नुभएको छ ।

हेर्नुहोस् भिडियो :

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here