टिका सानुको अभिनयमा अनुशा राम्जालीको ‘पलाश’ (भिडियो सहित)

0
288
Ad_Article_Top
Share

अहिलेको पुस्ताले निकै नै रुचाएकी लोक दोहोरी गायिका टिका सानु अभिनयमा पनि कम छैनीन भन्ने कुरा भर्खरै बजारमा आएका पलाशले प्रमाणित गरेको छ ।

इन्द्रेणि कार्यक्रममा दोहोरी गाएर सबैलाई प्रभावित बनाउन सफल टिका सानुले अभिनय गरेको लोकदोहोरी गीत पलाश भर्खरै सुतली टिभि अफिसीयल युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

यसअघि आफ्नै जिवनको यर्थाथ लाई गीत मार्फत चित्रण गरी चर्चा कमाएका सर्जक विजय चन्द (दर्पण) को शब्दमा रहेको पलाशलाई गायक राजेश खड्का (सानु) र गायिका अनुशाा राम्जालिले स्वर दिएका छन् ।

तिलक वलीको लय तथा संगित संयोजन रहेको गीतको भिडियोलाई सुर्य ढकालले निर्देशन गरेका छन् । टिका सानुसँगै बाबुकृष्ण परियार र सम्पुर्ण लामिछानेले अभिनय गरेको भिडियोको छायांकन सागर गौतमले गरेको गीतका गायक राजेश खड्का सानुले बताए ।

गामबेसि डिजिटल स्टुडियोमा रेकर्ड भएको गितले माया, पिरती र लजालु स्वभावलाई चित्रण गरेको छ । यस गितका सर्जक बिजय चन्द (दर्पण) ले दर्शक कै माया तथा आशिर्वादले गर्दा सुतलीको अपार सफलता पछि पलाश लिएर आएको हुँदा यसलाई पनि दर्शकले रुचाइदिने बिश्वास व्यक्त गरेका छन् ।

भिडियो हेर्नुहोस् :

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here