अभिभावकले चासो नदिदा सामुदायिक बिद्यालयको अवस्था नाजुक बन्दै – प्रअ यादव

0
267
Ad_Article_Top
Share

वीरगंज, कार्तिक २४
बाराको सामुदायिक बिद्यालयकाको शैक्षिक अवस्था सुधारोन्मुख भएको श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्याल पिप्राढी बेनौलीका प्रधानाध्यापक जितेन्द्र यादवले बताउनुभएको छ । आवाज एफ.एम ८८ मेगाहर्जको कार्यक्रम शिक्षा चौतारी कार्यक्रममा बोल्दै प्रअ यादवले अभिभावकले शिक्षा प्रति बिशेष चासो नदिदा समस्या भएको बताउनुभयो ।उहाँले बाराको दक्षिणी क्षेत्र भन्दा उत्तरी क्षेत्रमा शिक्षाको अवस्थामा राम्रो भएको बताउनुभयो ।उहाँले अभिभावकले बिद्यार्थीहरुलाई घरमा पढने बातावरण मिलाईदिने, खाजाको व्यवस्था गरिदिने, शैक्षिक समाग्रीको व्यवस्था गरिदिने लगायतको बिषयमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।उहाँले अभिभावकले समय समयमा बिद्यालयको कमी कमजोरी बारे पनि ध्यानाकर्षण गराईदिन आग्रह गर्नुभयो ।उहाँले निजि बिद्यालयमा अग्रेजी भाषामा पढाई हुनाले अभिभावकको आर्कषण बढेको बताउदै सामुदायिक बिद्यालय भन्दा निजि बिद्यालयमा स्तरीयमा पढाई नहुने गरेको बताउनुभयो । उहाँले आफनो बिद्यालयमा समेत कक्षा तिन सम्म अंग्रेजी माध्यममा पढाईरहेको बताउनुभयो । शैक्षिक माफियाका कारण सामुदायिक बिद्यालयको शैक्षिक अवस्था सुध्रिन नसकेको प्रअ यादवले बताउनुभयो । नियमित र समायमा नआउने शिक्षकलाई बिद्यार्थी र समाजले राम्रो नजरले नहेर्ने गरेको बताउनुभयो । उहाँले आफनो बिद्यालयमा नियमित र समायमा नआउने शिक्षकलाई कारवाही गर्ने गरेको बताउनुभयो । शिक्षामा राजनिती हावी रहेको स्वीकारदै त्यसले बिद्यालयको बिकाशमा बाधा पुगेको बताउनुभयो ।उहाँले आफनो क्षेत्रमा राजनितिक गतिबिधिमा रोक लगाएको बताउनुभयो । बिद्यार्थीको अनुपातमा शिक्षक र कक्षाकोठा अभाव भएकोले सोचे जस्तो बिकाश गर्न नसकिएको बताउनुभयो । उहाँले बिद्यालयको नाममा रहेको पोखरीको भोगचलन समेत बिद्यालय गर्न नपाएको प्रअ यादवले गुनासो गर्नुभयो । उहाँले बिद्यालयले पोखरीको प्रत्येक बर्ष मालपोत तिर्ने गरेको बताउनुभयो । प्रअ यादवले शिक्षकले कुर्सीमा नबस्ने, बिद्यार्थीहरुको अगाडि नरिसाउने, कक्षाकोठामा खानेकुरा नखाने, बिद्यार्थीलाई नकुटने जस्ता क्रियाकलाप रहेको जानकारी दिनुभयो ।उहाँले बिद्यार्थी र शिक्षक बिच सुमधुर सम्बन्ध भए मात्र सहि शिक्षा प्रदान गर्न सकिने बताउनुभयो । उहाँले बिद्यार्थीहरुलाई आफना सन्तान सरह व्यवहार गर्न पनि सम्पुर्ण शिक्षकलाई आग्रह गर्नुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here