मुआब्जा दिएर वीरगंजको सडक चौडा गर्न नेकपा नेता कौशिकको आग्रह

0
370
Ad_Article_Top
Share


वीरगंज, कार्तिक २४
नेकपा प्रदेश नम्बर २ का प्रदेश कमिटी सदस्य बाबुराम कौशिकले पर्सामा कम्युनिष्ट पार्टीलाई स्टिममा ल्याउन कार्य भईरहेको बताउनुभएको छ । उहाँले दुई ठुल्ला पार्टी एकिकरण भएकोले गति लिन अलि समस्या भएको बताउनुभयो । आवाज एफ.एम ८८ मेगाहर्जको कार्यक्रम समय सन्र्दभमा कुरा गर्दै उहाँले भ्रम चिर्न नसकेको कारण पर्सामा नेकपाले गति लिन नसको बताउनुभयो । संचारमन्त्री सरकारको प्रवक्ता भएकोले संचारमन्त्रीले सरकारको गतिबिधिलाई प्रचार प्रसार गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले नेकपा पर्सामा कुनै गुट नभएको बताउदै पार्टी बिधि सम्वत चल्नुपर्ने धारणा राख्नुभयो । उहाँले वीरगंजलाई बर्वाद गर्न षडयन्त्र भईरहेको बताउदै वीरगंजका व्यपारीहरुलाई अनावश्यक दुख दिने कार्य भइरहेको बताउनुभयो । उहाँले वीरगंजको मुख्य भन्सारबाट व्यपार कम गर्न पथलैया राजस्व अनुसन्धान कार्यालयले अनावश्यक टर्चर दिइरहेको बताउनुभयो । उहाँले मुआब्जा दिएर वीरगंजको सडक चौडा गर्न आग्रह गर्नुभयो । उहाँले बिना मुआब्जा वीरगंजको सडक चौडा गरिए वीरगंजमा मान्सिक रोगीको संख्या बढने दावी गर्नुभयो । उहाँले सरकारको निर्णय अनुसार नै वीरगंजको मेनरोड तोडिनुपर्ने धारणा राख्नुभयो । उहाँले मुआब्जा दिएर वीरगंजको सडक चौडा गर्न सरकार संग आग्रह गर्नुभयो । उहाँले भारत मात्र नभई चिनले मिचेको सिमाबारे पनि आवाज उठाउन नेपालीलाई आग्रह गर्नुभयो । उहाँले छिमेकि मुलुक संग नेपालको सम्बन्ध सदैव सौर्हाद भएको बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here