सधैं भागवत गीता लिएर हिँड्छन् आयुष्मान खुराना

0
15
Ad_Article_Top
Share

 पछिल्लो समय भारतमा निकै हिट भएका छन्, अभिनेता आयुष्मान खुराना । गत वर्षको नेसनल अवार्डमा उत्कृष्ट अभिनेताको पुरस्कार जितेका खुरानाले निकै जिम्मेवार भएर पनि काम गरिरहेका छन् ।

अहिले चाहिँ उनी अर्कै कुराले चर्चामा आएका छन् । खासमा यो प्रसंग द जोया फ्याक्टरको हो । सोनम कपुरको यो फिल्मको अहिले निकै ठूलो प्रमोसन चलिरहेको छ ।

अनि विभिन्न कलाकार आफ्नो भिडियो सोनमसँग सेयर गरिरहेका छन् । जसमा उनीहरुले आफ्नो अन्धविश्वासको विषयमा कुरा गरेका छन् । रणबीर कपुर, आलिया भट्ट, जाह्नवी कपुरलगायतले पनि यस्तै भिडियो सेयर गरेका छन् ।

अब आयुष्मान पनि यही सूचीमा थपिएका छन् । 

अन्धविश्वासको विषयमा कुरा गर्दा आयुष्मानले आफ्नो नाममा थपिएका अक्षर चाहिँ बाबुका कारण भएको बताएका छन् ।

तर, सँगसँगै उनले भनेका छन् कि उनी सधैं आफूसँग भागवत गीता लिएर हिँड्छन् । बेडरुमदेखि सुटिङ स्पटसम्म पनि आफूसँग भागवत गीता नछुट्ने उनले बताएका छन् । कुनै विशेष काम गर्दा सम्मान गरेर त्यसलाई छुने पनि उनले बताएका छन् ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here